बोर्ड उदार हुँदा ‘रोकिन’बाट जोगियो ‘जेरी अन टप’, ‘कोशेढुंगा’ प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय « Khabarhub

बोर्ड उदार हुँदा ‘रोकिन’बाट जोगियो ‘जेरी अन टप’, ‘कोशेढुंगा’ प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेन्सर बोर्डले उदारता देखाउँदा नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ प्रदर्शन स्थगित हुनबाट बचेको छ ।

बोर्डले गठन गरेको अनुगमन समितिले ‘जेरी अन टप’ले चलिचित्र जाँच पास (सेन्सर) नियमावली उल्लंघन गरेको ठहरपछि फिल्म निर्माता कम्पनीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय मंगलबार गरेको हो ।

तोकिएको समयभित्र स्पष्टीकरण नआए र चित्त बुझ्दो स्पष्टीकरण नआए फिल्मको प्रदर्शन रोकिने बोर्डले जनाएको छ ।

सेन्सर बोर्डका विज्ञ सदस्य तथा अनुगमन समितिका संयोजक सम्पन्न श्रेष्ठका अनुसार फिल्मको प्रदर्शन स्थगन गरेर स्पष्टीकरण सोध्ने अधिकार बोर्डलाई छ ।

उनी भन्छन्, ‘ प्रदर्शन रोकेर हामीले स्पष्टीकरण सोध्न सक्थ्यौं । स्पष्टीकरण चित्त बुझे मात्रै प्रदर्शन गर्न दिइन पनि सकिन्थ्यो । एक पटकलाई निर्मम नभइ हालेको हो । सेन्सर बोर्डले स्पष्टीकरण सोधेको हो ।’

श्रेष्ठका अनुसार ‘जेरी अन टप’ टिमले सेन्सर बोर्डको निर्देशनभन्दा बाहिर गएर अपशब्द भएको संवाद थपेको र सन्देशमुलक सूचना नराखेको अनुगमनका क्रममा भेटिएको हो ।

उनले स्पष्ट पारे, ‘सेन्सरमा आउँदा अपशब्द भएको स्थानको संवाद खाली थियो । पछि थपेको पाइएको हो । मध्यपान, धुम्रपान, जुवा तास खेलेको स्थानमा सन्देश पनि राख्नुभएको छैन ।’

अनुगमन समितिमा संयोजक श्रेष्ठसहित गृहमन्त्रालयका उपसचिव रवीन्द्र आचार्य, चलचित्र विकास बोर्डको सदस्य वीरेन्द्रप्रसाद भट्ट र सदस्य सचिव विशाल भण्डारी छन् ।

त्यस्तै, बोर्डले फिल्म ‘कोशेढुंगा’को थप प्रदर्शन रोक्ने भएको छ ।

यो फिल्म भदौ १२ मा प्रदर्शनमा आएर हलबाट उत्रिसकेको छ । यो फिल्मले पनि बार्डले काँटछाटँ गरेको दृश्य नहटाइ फिल्म प्रदर्शनमा ल्याएको पाइएको संयोजक श्रेष्ठले बताए ।

यो फिल्मले पनि सेन्सर बोर्डको निर्देशन र सेन्सर नियमावली पलाना नगरेको बोर्डको ठहर छ । स्पष्टीकरणको पत्राचारको जवाफ नदिएपछि बोर्डले यो फिल्म प्रदर्शनमा रोक लगाएको श्रेष्ठले बताए ।

उनले भने, ‘यो निर्णयले विदेश प्रदर्शन, च्यारिटी शो र सिक्वेल निर्माणमा असर पर्छ ।’ यी दुवै फिल्मका सम्बन्धित व्यक्ति र संस्थालाई मंगलबार नै पत्राचार गरिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ०० बजे

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको