बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा « Khabarhub

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका उनलाई प्रहरीले मंगलबार साँझ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले पासाङलाई पक्राउ गरको पुष्टि गरे ।

एमालेको जन वर्गीयसंगठन जनजाति महासंघका अध्यक्ष पासाङलाई बहुविवाह मुद्दामा उच्च अदालत पाटनले गत वर्ष दोषी ठहर गरेको थियो । 

पासाङकी पत्नी करिश्मा खरेलले जिल्ला अदालत काठमाडौंमा बहुविवाहको मुद्दा दिएकी थिइन् ।

उक्त अदालतले दोषी ठहर गर्दै उनलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएको थियो।

त्यसविरुद्ध पासाङ उच्च अदालत गएका थिए । उच्चले पनि जिल्लाको आदेश सदर गरेको थियो । तर उनी राजनीतिक संरक्षण पाएर बाहिरै थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : २५ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज