दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन « Khabarhub

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

निर्वाचन तयारीबारे गृहमन्त्री अर्यालसँग संवाद


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् । उनले निर्वाचनको वातावरण निर्माण र राजनीतिक स्थिरताबारे विचार–विमर्श गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनअनुसार निर्वाचनका लागि सहकार्य र संवादका प्रयासमा जुटेका गृहमन्त्री अर्याल ललितपुरको बागडोलस्थित पूर्वराष्ट्रपति यादवको निवास पुगेका थिए।

उनले डा. यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भदौ २३ र २४ गतेको घटनाले मुलुकमा पारेको असरबारेसमेत छलफल गरेका थिए ।

संक्षिप्त भलाकुसारीपछि दुई नेताबीच वर्तमान राजनीतिक परिस्थिति र आगामी निर्वाचन तयारीका विषयमा गम्भीर कुराकानी भएको थियो।

गृहमन्त्री अर्यालले भेटका क्रममा जेन–जी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउने, तथा निष्पक्ष र सुरक्षित निर्वाचन सुनिश्चित गर्न सरकारका तर्फबाट भइरहेका तयारीबारे जानकारी गराए ।

‘सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गरिरहेको छ। सबै पक्षलाई यो राष्ट्रिय अभियानमा एकताबद्ध गराउन प्रयास भइरहेको छ’, उनले भने।

पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको तयारीको प्रशंसा गर्दै भनेका छन्, ‘पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको तटस्थ सरकारले निष्पक्ष निर्वाचन गराउन सक्छ भन्नेमा म विश्वस्त छु।’

विगतमा खिलराज रेग्मी नेतृत्वको सरकार अन्तर्गत भएको निर्वाचनको सन्दर्भ स्मरण गर्दै डा. यादवले भने, ‘त्यो बेला पनि परिस्थिति प्रतिकूल थियो, तर हामीले सफलतापूर्वक चुनाव सम्पन्न गर्न सक्यौँ। अहिले पनि सबै पक्षले विश्वास र सहकार्य देखाउन सके भने निर्वाचन सहजै सम्पन्न हुन्छ।’

अहिलेको राजनीतिक अनिश्चितताको अन्त्य निर्वाचनमार्फत मात्र सम्भव हुने उनले बताए । ‘संविधान र लोकतान्त्रिक प्रणालीलाई जोगाउने एक मात्र बाटो निर्वाचन हो। तपाईंहरू मेहनतसाथ लाग्नुभएको छ, यो सकारात्मक कुरा हो। चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ’, उनले भने ।

डा. यादवले दलहरूलाई जिम्मेवार र केन्द्रित रहन सुझाव दिँदै थपे, ‘चुनावका संवाहक दल नै हुन्। अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन। यदि यो प्रक्रिया डिरेल भयो भने ठूलो संकट आउन सक्छ। प्यान्डोरा बक्स नखुलोस्, सबै पक्षले समयमै जिम्मेवारी पुरा गर्नुपर्छ।’

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ५० बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै