कांग्रेस बैठकमा गगनमाथि सिटौला खनिँदा खड्काले रोके, त्यसपछि बोली फिर्ता लिए « Khabarhub

कांग्रेस बैठकमा गगनमाथि सिटौला खनिँदा खड्काले रोके, त्यसपछि बोली फिर्ता लिए


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच नोकझोक परेको छ।

बैठकमा बोल्नेक्रममा सिटौलाले थापामाथि गम्भीर आरोप लगाए। उनले थापाको नाम नै लिएर सचिवालय परिचालन गरेर पार्टीभित्रका अन्य नेतामाथि सामाजिक सञ्जालमा आक्रमण गरेको आरोप लगाए।

‘तपाईंले सचिवालयमा मान्छे राखेर हामीलाई खरानी बनाउने चेतावनी सामाजिक सञ्जालबाट दिइरहनुभएको छ,’ बैठकमा सिटौलाले भने, ‘खरानी पनि काम लाग्न सक्छ। तर तपाईंले बाँकी नेताहरुलाई सिध्याएर पार्टी कब्जाको सपना देखिरहनुभएको छ। सामाजिक सञ्जालले हो तपाईंलाई सभापति बनाउने?’

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार थापालाई चेतावनी दिँदै सिटौलाले ‘तपाईंले चाहेअनुसार देश र पार्टी हिँड्न सक्दैन’ भनेका थिए।

उनले बोलिरहँदा महामन्त्री थापाले त्यसको प्रतिवाद गरे। थापाले भने, ‘मेरो कुन सचिवालयले कहाँ कसरी बोल्यो? यसको प्रमाण दिनुस्? तपाईंले पुष्टि नहुने आरोप लगाउनुभएको छ। कि पुष्टि गर्नुस् नभए फिर्ता लिनुस्।’

त्यसपछि थापा आफू बसेको ठाउँबाट उठेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष पुगेर सिटौलाको भनाइमा आपत्ति जनाए। लगत्तै खड्काले सिटौलालाई आरोप पुष्टि गर्न नसक्ने भए फिर्ता लिन भनेका थिए।

‘महामन्त्रीले मेरो सचिवालयको होइन भन्नुहुन्छ भने ती शब्द फिर्ता लिन्छु,’ सिटौलाले भनेका थिए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : २१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले