गण्डकी प्रदेशसभाको बैठक २४ कात्तिकमा बस्दै « Khabarhub

गण्डकी प्रदेशसभाको बैठक २४ कात्तिकमा बस्दै


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– जेनजी आन्दोलनका क्रममा संसद् भवन आगजनीले ध्वस्त बनेपछि स्थगित हुँदै आएको गण्डकी प्रदेश सभाको बैठक अन्ततः २४ कात्तिकलाई तोकिएको छ।
प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले मंगलबार एक सूचना जारी गर्दै यही २४ कात्तिक दिउँसो १ बजे संसद् बैठक बस्ने जनाएका हुन्।

यसपालि संसद् पोखरा–५, मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्नेछ। त्यसका लागि आवश्यक मर्मत सम्भार लगायतका कार्य गरिएको सचिव पौडेलले जनाए।

गत २५ भदौका लागि डाकिएको संसद् बैठकले २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले नदीपुरस्थित प्रदेश सभा भवनमा तोडफोड र आगजनी गरेपछि अनिश्चितकालका लागि स्थगित हुँदै आएको थियो।

पुनः गत २२ असोजमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा तोकिएकोमा राजनीतिक घटनाक्रमले एक्कासि स्थगित गरिएको थियो। सभामुख कृष्णप्रसाद धितालले जेनजी आन्दोलन र पछिल्ला राजनीतिक परिस्थितिले नयाँ ठाउँमा बैठक सञ्चालन गर्न केही समय लागेको स्पष्ट पारे।

गण्डकी प्रदेशसभा ६० सदस्यीय हो। तर, मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङमाथि ज्यान मार्ने मुद्दामा दोषी ठहरपछि उनी हाल कारागार छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ११ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका