प्रहरी वृत्त बानेश्वरमा तोडफोड तथा आगजनी गर्ने पक्राउ « Khabarhub

प्रहरी वृत्त बानेश्वरमा तोडफोड तथा आगजनी गर्ने पक्राउ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भनव तोडफोड तथा आगजनी गर्ने एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड आगजनी गर्ने, प्रहरी युनिफर्मलगायत समग्री लुटी दुरुपयोग गर्ने धनुषा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने १८ वर्षीय शिवम चौधरीलाई पक्राउ गरेको हो।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रहरी वृत्त तोडफोड, आगजनी गर्नुका साथै सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने तथा आक्रमण गर्नका लागि भीडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएको आरोपमा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : २५ बजे

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा

यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ  

काठमाडौं– विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका

सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छ : सचिव सिग्देल

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का

बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, इन्भेष्टमेन्ट मेगाको ऋण नोक्सानी व्यवस्थामा नै २८ अर्ब बढी रकम

काठमाडौं– पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको