एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता « Khabarhub

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ।

अध्यक्ष ओली निवास गुण्डुमा ओली र खनालबीच एकता र एमाले पार्टीमा प्रवेशका बारेमा छलफल भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए।

उनले पार्टी अध्यक्ष ओली र खनालबीच सकारात्मक वार्ता भएको जानकारी दिँदै एमालेका पुराना नेताहरूबीचको छलफलले सम्बन्धमा सुधार आएको बताए।

नेकपा समाजवादीका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेको जानकारी दिँदै उनले प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू एमाले फर्किंदा हुनसक्ने कानुनी जटिलताका बारेमा जानकारसँग छलफल चलिरहेको जानकारी दिए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ३३ बजे

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता