आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ४ तारिख । मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि । उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही, ज्यापु दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज छ । शिक्षामा गरेको मिहिनेत सफल हुनेछ । परीक्षाको नतिजा राम्रो आउने छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

वृष : धन प्राप्त हुने योग छ । व्यापार र व्यवसायमा सन्तुष्टि मिल्नेछ । दाम्पत्य जीवन सुखद् रहनेछ । प्रेम सम्बन्ध समुधुर बन्नेछ । व्यापारमा फाइदा हुने योग छ । स्वास्थ्यमा सुधार हुनेछ ।

मिथुन : पढाइमा ढिलासुस्ती हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्ने छ ।

कर्कट : मन प्रशन्न हुनेछ । धन प्राप्त हुने योग छ । परिवारबाट सुख मिल्ने छ । उपचारमा भए रोगमाथि विजयी प्राप्त हुनेछ । अनावश्यक खर्च गर्ने बानीबाट टाढा रहनु राम्रो हुनेछ ।

सिंह : दिन सामान्य छ । अचानक मनमा अशान्ति रहनेछ । परिवारको कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ । कडा प्रतिस्पर्धा गर्नु भन्दा समझदारीमा अगाडि बढ्नु राम्रो हुनेछ । विवाद गर्दा घाटा हुनेछ ।

कन्या : मनमा शान्ति मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । नयाँ लुगा लगाउने मौका मिल्नेछ । आफन्तको साथ र सहयोग मिल्नेछ । मनका खराब विचारमाथि विजय प्राप्त गर्ने दिन छ । छोटो दूरीको सहज यात्रा हुनसक्ने योग छ ।

तुला : सञ्चित धन खर्च हुनसक्छ । आफन्तसँगको सम्बन्ध सुमधुर बन्नेछ । व्यक्तिगत काममा अवरोध हुनेछ । संकटको सामना गर्दै अगाडि बढ्नुपर्नेछ । स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ ।

वृश्चिक : दिन सहज छ । आज गरेका काम आफू अनुकुल हुनेछन् । गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ । काममा सफलता हात लाग्नेछ । बिहान पिपलको दर्शन गर्नु फाइदा हुनेछ ।

धनु : अनावश्यक यात्रामा खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । व्यक्तिगत काममा भन्दा परोपकारमा लागेमा समाजमा प्रशंसा हुनेछ ।

मकर : व्यापारमा लाभ हुनेछ । परिवारसँग बसेर रमाउने दिन छ । सन्तानको बाटोबाट खुशी मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुने योग छ ।

कुम्भ : आज मानसम्मान पाउने दिन छ । खानपानमा विशेष ख्याल गरेमा स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ । व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । शिक्षाामा सफलता मिल्नेछ ।

मीन : हरेक काममा गोपनीयता कायम गर्नु राम्रो हुनेछ । कार्यक्षेत्रमा कम बोल्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्ने योग छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : ११ बजे

तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने

काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय

काठमाडौं– शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको