बिहीबार भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ४ तारिख । मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि । उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही, ज्यापु दिवस ।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : ३० बजे

एनपीएलमा आज दुई खेल : दुई कुशलसँग भिड्दै करण र दीपेन्द्र

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार

पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे बार हटाइयो

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा – सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला

आज धान्य पूर्णिमा र योमरी पुन्हि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा