दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति « Khabarhub

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक छ ? के दूधले सबैलाई समान फाइदा गर्छ ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलका अनुसार दूध आफैंमा विषाक्त नभए पनि यसको सेवन गर्ने तरिका गलत हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

डा. अनिलका अनुसार दूध राम्रो वा नराम्रो भन्ने कुरा यो कहिले, कसरी र कति मात्रामा पिइन्छ भन्ने कुरामा निर्भर गर्छ । शरीरको पचाउने क्षमता र समयलाई ध्यान नदिई दूध पिउँदा यसले अमृतको सट्टा विषको काम उनको तर्क छ ।

दक्षिण एसियाली मुलुकहरूमा ६० देखि ९० प्रतिशत मानिसमा ल्याक्टोज इन्टोलरेन्स (दूधमा हुने चिनी पचाउन नसक्ने अवस्था) रहेको पाइन्छ । नेपालको सन्दर्भमा यो दर ६६ देखि ७५ प्रतिशत रहेको तथ्यांक छ । यही कारण धेरै मानिसले चिसो वा खाली पेटमा दूध पिउँदा ग्यास बढ्ने, पेट फुल्ने, पखाला लाग्ने र पाचनसम्बन्धी समस्या भोग्ने गरेका छन् ।

हृदय रोग र स्ट्रोकको जोखिम कम
वैज्ञानिक अध्ययनहरूले सही तरिकाले दूध सेवन गर्दा मुटु र शरीरका अन्य प्रणालीलाई फाइदा पुग्ने देखाएको छ । २१ देशका १ लाख ३६ हजार सहभागीहरूमा गरिएको अध्ययन अनुसार, नियमित तर सीमित मात्रामा दूध पिउने मानिसहरूमा हृदय रोग, स्ट्रोक र अकाल मृत्युको जोखिम कम देखिएको छ । कम बोसो भएको दूधको प्रयोग अझ बढी लाभदायक मानिन्छ ।

यस्तै, वैज्ञानिकहरूका अनुसार राति सुत्नुअघि मनतातो दूध पिउँदा पाचन प्रक्रियामा सुधार आउनुका साथै अनिद्राको समस्या भएकाहरूलाई गहिरो निद्रा पर्न सहयोग पुग्छ ।

दूध कसरी पिउने ?
डा. ओम मूर्ति अनिलले दूधबाट अधिकतम फाइदा लिन र यसका नकारात्मक असरबाट बच्न निम्न सुझावहरू दिएका छन् । सुझाव बुँदामा :

मात्रामा नियन्त्रणः सामान्य अवस्थामा दिनको २०० देखि २५० मिलिलिटर दूध पर्याप्त हुन्छ । तर, मधुमेह वा पेटको समस्या भएका व्यक्तिहरूले १०० मिलिलिटरभन्दा बढी पिउनु हुँदैन ।

तापक्रमः सधैं उमालेको र मनतातो दूध मात्र पिउनुहोस् । बिहान खाली पेटमा चिसो दूध पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

सही समयः राति सुत्नुअघि दूध पिउनु सबैभन्दा उपयुक्त मानिन्छ । यसमा बेसार वा थोरै मह मिसाएर पिउँदा अझ बढी फाइदाजनक हुन्छ ।

विकल्प खोज्नेः यदि दूध पिउँदा समस्या हुन्छ भने त्यसलाई दही, मही वा पनिरमा परिणत गरेर सेवन गर्न सकिन्छ । यसो गर्दा ल्याक्टोजको समस्या धेरै हदसम्म कम हुन्छ ।

सन्तुलनः दूध आफैंमा पूर्ण भोजन जस्तै भएकाले यसलाई अन्य भारी खानासँग जुधाएर भन्दा पनि पूरक आहारको रूपमा लिनु बुद्धिमानी हुन्छ ।

अन्त्यमा, दूध फाइदाजनक छ कि हानिकारक भन्ने कुरा तपाईंको व्यक्तिगत स्वास्थ्य अवस्था र सेवन विधिले निर्धारण गर्छ । सही तरिकाले सेवन गरेमा दूध शरीरका धेरै प्रणालीहरूको लागि संजीवनी सावित हुन सक्छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ९ : ४१ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर