अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना « Khabarhub

अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी- अमेरिकामा बिहीबार युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना भएको छ। दुर्घटना हुनुअघि केही सेकेन्डमै पाइलट सीट छोडेर बाहिर निस्किन सफल हुँदा ज्यान बचाए ।

घटना नेपाली समयअनुसार राति करिब १२:४५ बजे दक्षिणी क्यालिफोर्नियाको ट्रोना शहर नजिकको मरुभूमिमा भएको हो। विमान ट्रोना एयरपोर्टबाट करिब ३ किलोमिटर टाढा खसेको छ। एयरपोर्ट व्यवस्थापकका अनुसार यस क्षेत्रमा प्रायः सैन्य विमानहरू उड्ने गर्छन्।

सामाजिक सञ्जालमा आएको भिडियोमा विमान तीव्र गतिमा तल झर्दै गरेको देखिएको छ । पाइलटले प्यारासुटको सहायताले बाहिर निस्किएको दृश्य भिडियोमा छ । जमिनमा ठोक्किनासाथ विमानमा ठूलो विस्फोट भयो ।

एफ-१६ को मूल्य १८.८ मिलियन डलर

एयरफोर्सको २०२१ को तथ्यांकअनुसार एक एफ-१६ फाइटिङ फाल्कनको मूल्य करिब १८.८ मिलियन डलर (झन्डै १.७० हजार करोड रुपैयाँ) पर्छ।

यो विमान थन्डरबर्ड्स स्क्वाड्रनको थियो। यो टिम लास भेगास नजिकैको नेलिस एयरफोर्स बेसबाट काम गर्छ । यो विमान एयर शो र जोखिमपूर्ण स्टन्टका लागि विश्वभर चर्चित छ।

थन्डरबर्ड्सका अनुसार तालिमका क्रममा रहेका पाइलट सफलतापूर्वक विमानबाट बाहिर निस्के। उनलाई सामान्य चोट लागेर अस्पताल लगिएको छ।

स्थानीय फायर डिपार्टमेन्टका अनुसार दुर्घटना स्थलमा पाइलटबाहेक अरू कोही थिएनन् ।

दुर्घटनाको कारण खुल्न बाँकी

अधिकारीका अनुसार बिहान ६ वटा थन्डरबर्ड्स जेट ट्रेनिङका लागि उडेका थिए, तर पाँचवटा मात्रै फर्किए। प्रारम्भिक जानकारीअनुसार विमान चीनालेक नेभल एयर वेपन्स स्टेशननजिक खसेको हो। यो क्षेत्र प्रायः सैन्य तालिमका लागि प्रयोग हुन्छ।

थन्डरबर्ड्सका एयर शो र ट्रेनिङ मिशनमा एफ-१६ फाइटिङ फाल्कनको महत्वपूर्ण भूमिका हुन्छ। एयरफोर्सको ५७ औँ विङ्गका अनुसार दुर्घटनाको जाँच भइरहेको छ।

२५ भन्दा बढी देशले प्रयोग गर्छन् एफ-१६

एफ-१६ अमेरिका निर्मित मल्टि–रोल फाइटर जेट हो। सन् १९७० को दशकमा जनरल डायनामिक्सले डिजाइन गरेको यो विमान अहिले लकेहिड मार्टिनले बनाउँछ। पाकिस्तानलगायत २५ भन्दा बढी देशले एफ-१६ प्रयोग गर्छन्।

एफ-१६ ले २ फेब्रुअरी सन् १९७४ मा पहिलो उडान भरेको थियो। २१ जुलाई १९८० मा यसको नाम ‘फाइटिङ फाल्कन’ राखिएको हो। सन् १९७६ देखि आजसम्म ४६ सय भन्दा बढी एफ-१६ जेट विश्वका विभिन्न देशलाई आपूर्ति गरिएका छन्।

यसको गति २४१४ किमी प्रतिघन्टा छ। यसमा आधुनिक रडार र उन्नत हतियार प्रणाली जडान हुन्छ। खराब मौसममा पनि उडान भर्न सक्षम छ।

३२ वर्षमा ७५० पटक दुर्घटना

पहिलो उडानपछि एफ-१६ जेट विश्वभर करिब ७५० पटक दुर्घटनामा परेका छन्। धेरै देशमा सञ्चालन हुँदा घटनाहरू पनि धेरै देखिएका छन्।

अध्ययनहरूका अनुसार अधिकांश दुर्घटना युद्धमा होइन, तालिम र स्टन्ट उडानका क्रममा भएका छन्।

गल्फ युद्धमा महत्त्वपूर्ण भूमिका

सन् १९९०–९१ को गल्फ युद्धमा एफ-१६ ले मुख्य भूमिका खेलेको थियो। यसले सयौँ मिसन पूरा गर्‍यो, दुश्मनका एयरफिल्ड, रडार, ट्यांक र अन्य लक्ष्यहरू नष्ट गर्‍यो।

भारतलाई एफ-१६ बेच्न चाहन्छ अमेरिका

अमेरिका वर्ष २००० देखि भारतलाई एफ-१६ बेच्न चाहन्छ। तर भारतले कहिल्यै लिएको छैन। मुख्य कारण पाकिस्तानसँग यी विमान पहिलेबाट नै हुनु हो।

भारतलाई लाग्छ कि पाकिस्तानमा प्रयोग भएको विमान नै भारतले किन्नु रणनीतिक हिसाबले कमजोरी हुन सक्छ। त्यसैले भारतले एफ-१६ नलिएको हो।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १ : ०५ बजे

पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड

काठमाडौं– पेट्रोलियम पदार्थ अभाव हुने हल्ला फैलिएकोबीच राजधानीमा इन्धन भर्न

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको