पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक « Khabarhub

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजका ओपनर बेन चार्ल्सवर्थले अर्धशतक प्रहार गरेका छन् । 

खेल १५ओभरको दोस्रो बलमा पुग्दा बेनले अर्धशतक पूरा गरेका हुन् । उनले ४८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रन पूरा गरेका हुन् । 

यस सिजनमा बेनको यो व्यक्तिगत पहिलो अर्धशतक हो । यस सिजन अघिल्ला खेलमा उनको ब्याटिङ चलेको थिएन । जनकपुर बोल्ट्सविरुद्ध उनले ४६ रन जोडेका थिए । त्यही नै उनले बनाएको सर्वाधिक रन हो । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखाराले टस जितेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १ : ०८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।