दुर्लभ चरा संरक्षणमा चासो « Khabarhub

दुर्लभ चरा संरक्षणमा चासो


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषणलगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरुले चासो देखाएका हुन् ।

उनीहरूले गोष्ठी, छलफल र ‘फिल्ड स्टडी’ गरी चरा संरक्षणमा चासो देखाएका छन् । बुधबार पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । गोष्ठीमा सहभागी हुन सातै प्रदेशका चरा संरक्षणकर्मी यहाँ आएका छन् । 

उनीहरूले सरोकारवाला निकायसँग छलफल र चराको अहिलेको अवस्थाका बारेमा जानकारी गराएका छन् । गोष्ठीमा सहभागीहरूले लोप हुँदै जान थालेका चराहरूको संरक्षणमा सबैले चासो देखाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले मानवीय कारणले नै चरा संकटको अवस्थामा रहेको भन्दै त्यसको संरक्षण पनि मानवले नै गर्नुपर्ने बताए। 

कार्यक्रममा डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मोहनप्रसाद श्रेष्ठले वातावरण र चरा संरक्षणमा गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले समुदायस्तरमा सचेतना जगाउन सके चरा संरक्षण गर्न सकिने बताए।

सामुदायिक वन उपभोक्ता महासङ्घ पाल्पाकी सचिव लक्ष्मी ज्ञवालीले पशुपंक्षी संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै आफूहरूले यी क्षेत्रमा काम गर्दै आएको बताए। नेपाल पत्रकार महासङ्घका सचिव रामचन्द्र रायमाझीले चरा, वातावरण र मानिसबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले चरा र वातावरण संरक्षणमा सबैले चासो देखाउनुपर्ने बताए । 

उनले चरा लोप हुँदै गर्दा मानव  जीवन नै संकटमा पर्ने भएकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए। 

सचिव रायमाझीले भने, ‘चरा संरक्षणका लागि समुदाय र विद्यालयस्तरमा पुगेर सचेतनाका कार्यक्रम गर्न जरुरी छ, यसतर्फ  नेपाल पंक्षी सङ्घले स्थानीय सरकारसँग समन्वय गरेर जानुपर्छ ।’  
 
कार्यक्रममा नेपाल पंछी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले संस्थाको परिचय, चराका लागि महत्वपूर्ण क्षेत्रहरु, आगामी कार्यक्रम तथा प्रजाती संरक्षणमा चालिएका विभिन्न कदमका बारेमा जानकारी गराएका थिइन् । 

सोही अवसरमा गुल्मीमा चरा संरक्षण तथा जिवीकोपार्जन सहयोग परियोजनाका  अधिकृत शम्भु भट्टराई, रेसुङ्गा, मदाने, थाप्ले सत्यवती वन संरक्षण क्षेत्र गुल्मीका परियोजना अधिकृत नवराज पोखरेलले गुल्मीमा पाइने चराहरुको अवस्था, चुनौतीका र विसिएनका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाइले नाम्खा गाउँपालिका हुम्लामा पाइने कालीकण्ठ सारसको अवस्था र चुनौतीका बारेमा प्रस्तुती राखेका थिए । 

गोष्ठीमा लोप हुन लागेका चराको संरक्षणमा सबै निकाय एक  भएर लाग्ने प्रतिबद्धता जनाइएको अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेले बताए। 

पाल्पामा पनि चराहरुकमे बासस्थान मासिँदै गएकाले चराहरुको संरक्षणमा चुनौती थपिएको  खैरेनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छायाँप्रकाश पंगेनीले उल्लेख गरे। छरछरे वनका सल्लाहकार निरञ्जन भुसालले आगामी दिनहरुमा पनि चरा संरक्षणमा बहस र सचेतनाका कार्यक्रमलाई सशक्त ढंगले अगाडि बढाउने बताए।
 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १ : ०९ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा