मलामी गएका युवक महाकालीमा बेपत्ता « Khabarhub

मलामी गएका युवक महाकालीमा बेपत्ता


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाइ महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
    
‘स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सनि चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रारम्भिक खबर आएको छ’, उनले भने, ‘अहिले खोजी कार्यमा नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
    
त्यसैगरी नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाइको शव आज भेटिएको छ । महाकाली नदीमा भुजेला क्षेत्रबाट नुहाउने क्रममा बेपत्ता भएका दमाइ दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा २०० मिटर दक्षिण नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

उक्त शव आवश्यक प्रक्रिया पुरा गरी प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ ।
 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  २ : २८ बजे

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध