पोखराविरुद्ध काठमाडौं : कप्तान केसीको बलमा कप्तान भुर्तेल आउट « Khabarhub

पोखराविरुद्ध काठमाडौं : कप्तान केसीको बलमा कप्तान भुर्तेल आउट


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले अहिले काठमाडौं गोर्खाजको सामना गरिरहेको छ । खेलमा पोखरा एभेन्जर्सले ८ ओभरको तेस्रो बलमा ५५ रनको अवस्थामा ४ विकेट गुमाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले चौथो विकेटका रुपमा ओपनर तथा कप्तान कुशल भुर्तेललाई गुमाएको हो ।

२० बलमा २२ रन बनाएका भुर्तेललाई काठमाडौंका कप्तना करण केसीले मिन्द कुमारमार्फत् क्याच आउट गराएका हुन् ।

तेस्रो विकेटका रुपमा तीर्थ राज दास आउट भए । उनले १० बलमा ९ रन बनाए । दोस्रो विकेटका रुपमा आउट भएका जेसन रोय १६ रन जोडेर आउट भए ।

एडम रोसिंगटन ५ बलमा ५ रन जोडेर आउट भए । सुरुवाती र भरपर्दा ब्याटरहर आउट भएपछि पोखराको ब्याटिङ संकटतिर धकेलिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  २ : ३२ बजे

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको