बारम्बार दुर्घटना हुन थालेपछि धोबीखोला करिडोरमा रेलिङ राख्न थालियो « Khabarhub

बारम्बार दुर्घटना हुन थालेपछि धोबीखोला करिडोरमा रेलिङ राख्न थालियो


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले रेलिङ राख्न सुरु गरेका छन् ।

धोबीखोला करिडोरमा रेलिङ नहुँदा रातको समयमा रुद्रमति पुलनजिक बारम्बार दुर्घटना भएको र अहिलेसम्म दुई जनाको मृत्यु समेत भएकाले स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आफ्नै खर्चमा रेलिङ राख्न सुरु गरेका हुन् । 

पुलनजिकको बाटोमा रेलिङ नभएकाले रातको समयमा झुक्किएर खोलामा खस्ने घटना बढेको स्थानीयहरूले जनाएका छन् । बारम्बार दुर्घटना हुँदा पनि सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरू मिलेर रेलिङ राख्न सुरु गरिएको व्यवसायी मोहन भण्डारीले बताए ।

बिहीबार बिहान रुद्रमति पुलनजिक धोबीखोला करिडोर एक व्यक्ति साइकलसहित मृत फेला परेका थिए । उनी रातको समयमा साइकलबाट यात्रा गर्दा झुक्किएर खोलामा खसेको पाइएको प्रहरीले जनाएको छ । 

यसअघि कार, ट्याक्सी, मोटसाइकल, पैदल यात्रुसमेत खोलामा खसिसकेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ०४ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल