गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास « Khabarhub

गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घर बनाउन थालिएको छ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा गुण्डुमा निर्माण थालिएको ‘ओली कुटी’को बिहीबार शिलान्यास गरिएको हो ।

‘ओली कुटी’नाम दिइएको उक्त भवनको एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले एक समारोहबीच गरेकी हुन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा त्यसबेलाका प्रधानमन्त्री ओलीका सबै घर जलाइएको छ।

जन्मथलो तेह्रथुम, गृहजिल्ला झापा र हाल बसोबास रहेको भक्तपुरको बालकोटस्थित घर जेन-जीहरूका नाममा जलाइएको थियो ।

त्यसपछि ओलीलाई अहिले बस्नेतले गुण्डुमा अस्थायी बसोबासको व्यवस्था गरिदिएका छन् । बस्नेतले यसअघि नै गुण्डुमा ओलीका लागि भवन बनाइदिने प्रतिबद्धता जनाएका थिए ।

Screenshot

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : १८ बजे

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको