पोखराविरुद्ध काठमाडौंका शाहब आलमको उत्कृष्ट बलिङ, पूरा गरे सिजनकै पहिलो ह्याट-ट्रिक « Khabarhub

पोखराविरुद्ध काठमाडौंका शाहब आलमको उत्कृष्ट बलिङ, पूरा गरे सिजनकै पहिलो ह्याट-ट्रिक


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं गोर्खाजका शाहब आलमले नेपाल प्रिमियर लिग एनपीएल सिजन २ को पहिलो ह्याट–ट्रिक पूरा गरेका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा आलमले ह्याट-ट्रिक पूरा गरेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबारको पहिलो खेलअन्तर्गत दोस्रो इनिङको अन्तिम ओभरमा उनले ह्याट–ट्रिक पूरा गरे । उक्त ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा उनले लगातार विकेट लिए ।

ओभरको पहिलो बलमा ऋषि धवन मिलिन्द कुमारको हातबाट क्याच आउट भए । त्यसैगरी, सोलगत्तै ओभरको दोस्रो बलमा विपिन खत्री स्टम्पिङको शिकार भए ।

तेस्रो बलमा भने आकाश चन्द पनि मिलिन्द कुमारको हातबाट क्याच आउट भए । यस ओभरको अन्तिम बलमा पनि शाहब आलमले सागर ढकालको विकेट लिए । उनी करण केसीको हातबाट क्याच भएका थिए ।

त्यसअघि उनले जेसन रोय र किरण ठगुन्नाको विकेट पनि लिएका थिए । समग्रमा यस इनिङमा शाहब एक्लैले ६ विकेट लिए ।

शाहब आलमको उत्कृष्ट बलिङको मद्दतमा काठमाडौंले पोखरालाई १३ रनले पराजित गर्‍यो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ४१ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न