काठमाडौंमा हेराल्ड कलेजको दीक्षान्त समारोह, ९ सय विद्यार्थी दीक्षित « Khabarhub

काठमाडौंमा हेराल्ड कलेजको दीक्षान्त समारोह, ९ सय विद्यार्थी दीक्षित


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हेराल्ड कलेज काठमाडौंले बुधबार वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ।  समारोहमा कलेजका कूल ९०३ विद्यार्थीहरू दीक्षित भएका छन्

६९७ जना बीएससी  (होन्स) कम्प्युटर साइन्स (बीसीएस) स्नातक , ५२ जना बीएससी (होन्स) इन्टरनेशनले बिजनेश म्यानेजमेन्ट (बीआईबीएम) तथा २०६ जना इन्टरनेशनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (आईएमबीए) स्नातकोत्तर (मास्टर्स) तहका विद्यार्थी दीक्षित भएका छन्।

यस वर्ष पनि कलेजले इनोभेट नेपाल ग्रुप (आईएनजी) द्वारा प्रदान गरिने प्रतिष्ठित पोस्टग्राजुएट स्कोलरशिपमार्फत् उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ। यस वर्षको छात्रवृत्ति ‘हेराल्ड कलेज – बीएससी (होन्स) कम्प्युटर साइन्स’ का विद्यार्थी सक्षम शर्मालाई प्रदान गरिएको छ । उनले इस्लिङ्टन कलेजमा स्नातकोत्तर अध्ययन जारी राख्नेछन्। छात्रवृत्तिसँगै शर्माले आईएनजीअन्तर्गतकै कुनै संस्थामा कामको अवसर पनि पाउनेछन् ।

समारोहमा आफ्नो मुख्य सम्बोधन राख्दै इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका सरकारी निकायदेखि प्रतिष्ठित निजी क्षेत्रसम्म उत्कृष्ट स्थानमा कार्यरत रहेको उल्लेख गरे।

उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट मानिनुका कारण विद्यार्थीहरू सूचना–प्रविधि क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बन्न सफल भएको बताए । यही शैक्षिक वातावरणले विद्यार्थीमा स्वअध्ययन र अनुसन्धान गर्ने संस्कृतिलाई अझ सबल बनाएको छ उनले बताए ।

दीक्षान्त समारोह विद्यार्थीहरूको शैक्षिक यात्राको एक महत्वपूर्ण मोडका रूपमा मनाइएको कलेजले जनाएको छ। हेराल्ड कलेज काठमाडौंले २०२५ मा उत्तीर्ण दीक्षित विद्यार्थीहरूलाई बधाई दिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ३ : ४६ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु