नेपालमा माटोको गुणस्तर खस्कँदो, ५४ प्रतिशत माटो अम्लीय « Khabarhub

नेपालमा माटोको गुणस्तर खस्कँदो, ५४ प्रतिशत माटो अम्लीय


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको खेतीयोग्य जमिनको माटोको गुणस्तर दिनानुदिन खस्कँदै गएको सरकारी तथ्यांकले देखाएको छ । 

कृषि विभागको पछिल्लो डिजिटल माटो नक्साअनुसार, जाँच गरिएको कुल माटोमध्ये ५४ प्रतिशत अम्लीय प्रकृतिको पाइएको छ, जुन गत वर्षको तुलनामा १ प्रतिशत बढी हो ।

प्राङ्गारिक पदार्थको कमी, पोषक तत्त्वको असन्तुलन, भूक्षय, माटोमा रासायनिक मल प्रयोगमा सन्तुलन लगायतका कारणले माटोको गुणस्तर खस्किँदै गएको विभागले जनाएको छ । 

विभागका अनुसार प्राङ्गारिक पदार्थको कमीका कारण औसत २.५९ प्रतिशत, पोषक तत्त्वको असन्तुलन २८ प्रतिशत, नाइट्रोजन र पोटास, तथा फस्फोरसको कमी ३५ प्रतिशत र भूक्षयका कारण बर्सेनि करिब १.७ मिलिमिटर मलिलो माटो बगेर गइरहेको छ । 

पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा यो समस्या झन् विकराल रहेको विभागको तथ्यांक छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ४ : ०४ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल