नेपालमा माटोको गुणस्तर खस्कँदो, ५४ प्रतिशत माटो अम्लीय « Khabarhub

नेपालमा माटोको गुणस्तर खस्कँदो, ५४ प्रतिशत माटो अम्लीय


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको खेतीयोग्य जमिनको माटोको गुणस्तर दिनानुदिन खस्कँदै गएको सरकारी तथ्यांकले देखाएको छ । 

कृषि विभागको पछिल्लो डिजिटल माटो नक्साअनुसार, जाँच गरिएको कुल माटोमध्ये ५४ प्रतिशत अम्लीय प्रकृतिको पाइएको छ, जुन गत वर्षको तुलनामा १ प्रतिशत बढी हो ।

प्राङ्गारिक पदार्थको कमी, पोषक तत्त्वको असन्तुलन, भूक्षय, माटोमा रासायनिक मल प्रयोगमा सन्तुलन लगायतका कारणले माटोको गुणस्तर खस्किँदै गएको विभागले जनाएको छ । 

विभागका अनुसार प्राङ्गारिक पदार्थको कमीका कारण औसत २.५९ प्रतिशत, पोषक तत्त्वको असन्तुलन २८ प्रतिशत, नाइट्रोजन र पोटास, तथा फस्फोरसको कमी ३५ प्रतिशत र भूक्षयका कारण बर्सेनि करिब १.७ मिलिमिटर मलिलो माटो बगेर गइरहेको छ । 

पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा यो समस्या झन् विकराल रहेको विभागको तथ्यांक छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ४ : ०४ बजे

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली