सुदूरपश्चिमले गुमायो दुई विकेट, विनोद र ईशान आउट « Khabarhub

सुदूरपश्चिमले गुमायो दुई विकेट, विनोद र ईशान आउट


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले ब्याटिङ गरिरहेको छ ।

खेलमा सुदूरपश्चिमले दुई विकेट गुमाएको छ । खेलको ५ ओभर ४ बलमा सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारी आउट भए । रञ्जित कुमारको बलमा उनी अमरसिंह रौतेलाको हातबाट क्याच आउट भए ।

आउट हुनुअघि उनले १७ बलमा २१ रन बनाए । यस क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे ।

त्यसैगरी, खेलको ६ ओभर ४ बलमा ईशान पाण्डे पनि आउट भए । सैफ जैबको बलमा उनी डाविड मलानको हातबाट क्याच भए । उनले चार बलमा एक रन जोडे ।

खेलमा ७ ओभरमा पुग्दा सुदूरपश्चिम २ विकेटको क्षतिमा ४९ रनको अवस्थामा छ

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ४ : ४९ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ