अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिन पाकिस्तान तयारी « Khabarhub

अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिन पाकिस्तान तयारी


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने तयारी गरी रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । गत अक्टोबरमा दुई छिमेकीहरूबीच भएको घातक झडप पछि पहिलो पटक आंशिक रुपमा सीमा खोल्न लागिएको उनीहरूले बताएका छन् ।  

सन् २०२१ मा तालिवान अधिकारीहरूले काबुलमा पुनः नियन्त्रण लिए देखि यी देशहरू बढ्दो विवादमा फसेका छन् । अफगानिस्तान सरकारले इस्लामावादले सीमापार आक्रमण गर्ने आतंकवादीहरूलाई शरण दिएको आरोप लगाएको छ भने इस्लामावादले आरोपको अस्वीकार गरेको छ । 

संयुक्त राष्ट्रका एजेन्सीहरूको औपचारिक अनुरोधको जवाफमा पाकिस्तान सरकारले अफगानिस्तानमा सहयोगको आवागमनलाई अनुमति दिने तयारी भएको एक जना सरकारी अधिकारीले नाम नछाप्ने सर्तमा बताएको एएफपीले जनाएको छ । 

आपूर्तिमा खाना, औषधि र चिकित्सा उपकरण, र ‘स्वास्थ्य र शिक्षासँग सम्बन्धित अन्य आवश्यक सामानहरू“ समावेश रहेको अधिकारीले बताएका छन् । अधिकारीका अनुसार सहायता हस्तान्तरण ‘तीन चरण’ मा हुनेछ ।

यसै बिच संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले पनि सहायता चाँडै अफगानिस्तानमा प्रवेश गर्न अनुमति दिइने पुष्टि गरेका छन् । अक्टोबरमा भएको द्वन्द्व पछि सीमा बन्द गरिएको छ, भने पाकिस्तानबाट निष्कासन गरिएका अफगानहरूलाई मात्र सीमा पार गर्न अनुमति दिइएको छ ।

पाकिस्तानी अधिकारीले सीमामा सबै व्यापार बन्द रहने र सहायताका लागि आंशिक रूपमा “सशर्त“ खोल्ने बताएका छन् ।  

पाकिस्तानले अफगानिस्तानसँग सामान्य व्यापार वा आप्रवासनका लागि नभई अत्यावश्यक सामाग्री ल्याउनका लागि मात्र अस्थाई रुपमा सीमा खोलेको अधिकारीले प्रस्ट पारेका छन् । 

विश्व ब्यांकका अनुसार पाकिस्तान अफगानिस्तानको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो, जसले चामल, औषधि र कच्चा माल आपूर्ति गर्दछ । 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : १२ बजे

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य