विशेष महाधिवेशन पक्षधर कांग्रेसी नेता भन्छन्– मिति सार्ने षडयन्त्र नगरियोस् « Khabarhub

विशेष महाधिवेशन पक्षधर कांग्रेसी नेता भन्छन्– मिति सार्ने षडयन्त्र नगरियोस्


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन् ।
 
विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन् ।

कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए । 

उनले निर्धारित गरिएको पार्टीको नियमित सार्ने खेलमा नलाग्न सुझाव समेत दिए । विशेष महाधिवेशनको दबाब दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचन अघि नियमित महाधिवेशन गर्न तयार भएको उनले बताए । 

उनले बहुमतको शक्तिका साथ आफूहरू महाधिवेशनको तयारीमा जुट्ने धारणासमेत राखे । महाधिवेशनमा आफूहरूको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न उनले सुझाव दिए । 

उनले पार्टीले निर्धारण गरेको कार्यतालिकालाई सफल बनाउन भूमिका खेल्ने समेत बताए । घिमिरेले अव निर्वाचन क्षेत्रमा क्रियाशील हुन आग्रह गर्दै कसैले अप्ठेरो पारे एकताबद्ध भएर सामना गर्ने जिकिर गरे ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : २३ बजे

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

काठमाडौं– पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवा– यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

गण्डकी– कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय

प्रश्नबाट भाग्ने काम गर्दिन, सर्लाही ४ उत्कृष्ट बनाउँछु : गगन थापा

यहाँ म पहिलो पटक उम्मेदवार बनेकाले भोलि तपाईँ निर्वाचित भएर

भियतनाम–ईयू रणनीतिक साझेदारी सुदृढ

हनोई– भियतनाम र युरोपेली सङ्घ (ईयु) ले बिहीबार कूटनीतिक सम्बन्धलाई