बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल « Khabarhub

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल


१८ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन् ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला सम्बोधन गर्दै उनले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौती भएकाले त्यसलाई सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताए। 

‘अहिलेका चुनौतीलाई सामना गरेर अनुकूल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउने चाहने हामीहरू फेरि प्रतिस्पर्धा गरौला,’ उनले भने, ‘तर अहिलेको समय चुनौतीलाई सामना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ ।’

महासचिव पोखरेलले पार्टीमा रहर गर्ने साथीहरूलाई प्रतिस्पर्धा खुला रहेको समेत बताए। उनले पार्टीको तल्लो कार्यकर्ता तहभन्दा माथिल्लो तहमा समस्या रहेको बताए। 

‘संकट आउँदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ । तर जति तल तह आयो त्यो संकट समाधान हुन्छ,’ उनले भने। उहाँले कार्यकर्ताले पार्टीको रक्षा गर्ने बताए। 

महासचिव पोखरेलले पार्टीले बनाएका नीति अहिलेका चुनौती समाना गर्न प्रभावकारी स्पष्ट दृष्टिकोण रहेको बताए। उपत्यकाका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अहिले नेतृत्वलाई बलियो बनाएर जाने बताए।

 कमिटीका अध्यक्ष प्रेम पराजुली महाधिवेशन सफल बनाउन सबै लाग्नुपर्ने बताए।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ७ : ४२ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा