नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह « Khabarhub

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह आयातलाई रोक्दै नेपाली महलाई प्राथमिकताका साथ प्रवद्धन गर्न सरकारसँग आग्रह गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी विदेशी महको आयात रोक्न र माहुरीपालक किसानहरूलाई तालिम, प्रशिक्षण, अनुदान दिँदै मह उद्योगहरूको आवश्यक अनुगमनसहित स्वदेशी मह उत्पादन क्षेत्रको प्रवद्धन कार्यक्रम अघि सार्न सरकारसँग आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिदएको छ, “कृषिप्रधान देश नेपालको दुई तिहाइ जनसङ्ख्या आफ्नो जीवन र जीविकाका लागि कृषि पेसामा आश्रित रहेको र देशको अर्थतन्त्रमा झन्डै एक तिहाइ हिस्सा ओगट्ने भएकाले सरकारले गर्ने सामान्य नीतिगत निर्णयहरूले पनि जनसङ्ख्याको ठूलो हिस्सा र समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न जान्छ ।”

महासङ्घले परालको काठमाडौँ उपत्यकाका पशुपालक तथा च्याउ उत्पादनका निम्ति पराल ल्याउने क्रममा चाङ देखाएर विगत केही समयदेखि भँवरलोड÷ओभरलोड भएको भन्दै तराईका विभिन्न जिल्लामा प्रहरीले प्रतिट्रक रु ५०० देखि एक हजारसम्म घूस लिएर ढुवानीको ट्रक छाड्ने गरिएको भन्दै दोषीमाथि कारबाहीको माग पनि गरेको छ । घूस लिने भएको कारण केही दिनदेखि परालको ढुवानी पूर्ण रूपमा बन्द गरिएको महासङ्घका अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले भनेका छन्, “यो देशभर धान–पराल भित्र्याउने र बिक्री वितरण गर्ने समय हो । धानको भण्डारका रूपमा रहेको तराईका किसानहरूले धान–पराल बेच्ने र पहाड तथा विशेषगरी काठमाडौँ उपत्यकाका पशुपालक तथा च्याउ उत्पादक किसानले ठूलो मात्रामा पराल खरिद गरी भित्र्याउने समय हो, त्यसैले तसर्थ यस कार्यमा संलग्न भ्रष्ट प्रहरीहरूलाई कारबाही गर्न र परालको ढुवानीलाई सहजीकरणसहित अविलम्ब खुलाउन हामी जोडदार माग गर्दछौँ ।”

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ८ : १४ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार