नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह « Khabarhub

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह आयातलाई रोक्दै नेपाली महलाई प्राथमिकताका साथ प्रवद्धन गर्न सरकारसँग आग्रह गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी विदेशी महको आयात रोक्न र माहुरीपालक किसानहरूलाई तालिम, प्रशिक्षण, अनुदान दिँदै मह उद्योगहरूको आवश्यक अनुगमनसहित स्वदेशी मह उत्पादन क्षेत्रको प्रवद्धन कार्यक्रम अघि सार्न सरकारसँग आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिदएको छ, “कृषिप्रधान देश नेपालको दुई तिहाइ जनसङ्ख्या आफ्नो जीवन र जीविकाका लागि कृषि पेसामा आश्रित रहेको र देशको अर्थतन्त्रमा झन्डै एक तिहाइ हिस्सा ओगट्ने भएकाले सरकारले गर्ने सामान्य नीतिगत निर्णयहरूले पनि जनसङ्ख्याको ठूलो हिस्सा र समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न जान्छ ।”

महासङ्घले परालको काठमाडौँ उपत्यकाका पशुपालक तथा च्याउ उत्पादनका निम्ति पराल ल्याउने क्रममा चाङ देखाएर विगत केही समयदेखि भँवरलोड÷ओभरलोड भएको भन्दै तराईका विभिन्न जिल्लामा प्रहरीले प्रतिट्रक रु ५०० देखि एक हजारसम्म घूस लिएर ढुवानीको ट्रक छाड्ने गरिएको भन्दै दोषीमाथि कारबाहीको माग पनि गरेको छ । घूस लिने भएको कारण केही दिनदेखि परालको ढुवानी पूर्ण रूपमा बन्द गरिएको महासङ्घका अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले भनेका छन्, “यो देशभर धान–पराल भित्र्याउने र बिक्री वितरण गर्ने समय हो । धानको भण्डारका रूपमा रहेको तराईका किसानहरूले धान–पराल बेच्ने र पहाड तथा विशेषगरी काठमाडौँ उपत्यकाका पशुपालक तथा च्याउ उत्पादक किसानले ठूलो मात्रामा पराल खरिद गरी भित्र्याउने समय हो, त्यसैले तसर्थ यस कार्यमा संलग्न भ्रष्ट प्रहरीहरूलाई कारबाही गर्न र परालको ढुवानीलाई सहजीकरणसहित अविलम्ब खुलाउन हामी जोडदार माग गर्दछौँ ।”

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ८ : १४ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना