बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरणको सिफारिस « Khabarhub

बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरणको सिफारिस


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी एक मतदानस्थल थप्न तथा दुई मतदानस्थल स्थानान्तरणका लागि सिफारिस गरिएको छ ।

सहज र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न एउटा मतदानस्थल थप्न तथा दुईवटा मतदानस्थल स्थानान्तरणका लागि निर्वाचन आयोग समक्ष सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिए । मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछाडिएका बस्तीमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थप्न तथा स्थानान्तरणका लागि सिफारिस गरिएको उनको भनाइ थियो ।

थपिएको मतदानस्थलमा गलकोट नगरपालिका–११ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई मतदानस्थलका रुपमा थप गर्न सिफारिस गरिएको छ । रिघामा हाल रहेका दुई हजार ८०० मतदातामध्ये एक हजार १९० मतदातालाई मनेवा आविमा ल्याएर मतदानस्थलका रुपमा कायम गरिएको प्रमुख रिजालले बताए ।

यस्तै बागलुङ नगरपालिकाको एक मतदान स्थल र बडिगाड गाउँपालिकाको एक मतदानस्थललाई पूर्वाधारको अभाव तथा भौगोलिक चुनौतीका कारण स्थानान्तरण गरिएको छ । बागलुङ नगरपालिका–८ सिगानाको मतदानस्थल र बडिगाड गाउँपालिका–१० को मतदानस्थललाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ ।

बागलुङ नगरपालिका–८ सिगाना वडा कार्यालयको मतदान केन्द्रलाई सिगाना स्वास्थ्यचौकीमा सारिएको छ । वडा कार्यालयमा मतदानस्थल साँघुरो भएकाले सारिएको हो । यस्तै बडिगाड गाउँपालिका–१० साबिकको वडा कार्यालयमा भएको मतदानस्थल रनामस्थित नयाँ वडा कार्यालयमा सारिएको प्रमुख रिजालले बताए ।

यसअघिको निर्वाचनमा जिल्लामाम १०६ मतदातस्थल रहेका थिए । गत निर्वाचनमा २३१ मतदान केन्द्र थिए । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो । बागलुङ जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ मतदाता रहेकामा अहिले पाँच हजार ९९३ मतदाता थपिएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ९ : १२ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको