सुर्खेत- आसन्न ११औँ महाधिवेशनका लागि कर्णालीमा नेकपा एमालेले कर्णालीबाट सबै प्रतिनिधि छनोट गरेको छ। प्रदेशभर ९७ जना प्रतिनिधि छनोट गरेको एमाले प्रदेश कमिटीले जनाएको छ।
जसमध्ये सुर्खेत र दैलेखबाट सबैभन्दा बढी अर्थात् २०/२० जना प्रतिनिधि छनोट भएका छन्। दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतको निर्वाचन क्षेत्र १ बाट खुलातर्फ खड््कबहादुर खत्री, मानबहादुर खत्री, टीकाराम सोमै, कबिन्द्रकुमार केसी प्रतिनिधि छानिएका छन्।
त्यस्तै महिलातर्फ तुल्सी शर्मा, बिमला खड्लुक, युवातर्फ पूर्णबहादुर थापा रहेका छन्। निर्वाचन क्षेत्र २ बाट खुलातर्फ कुलमणि देवकोटा, मोहनसिंह बडुवाल, डम्बर तिवारी, पूर्णप्रसाद पौडेल, भीमबहादुर रावत प्रतिनिधि छनोट भएका छन्।
महिलातर्फ टीका अधिकारी, निर्मला राना, टीका घले गुरुङ र युवातर्फ प्रेम खड्का छनोट हुँदा दलिततर्फ राजु नेपाली, सुशीला विश्वकर्मा, गंगाराम सुनार र कर्णबहादुर नेपाली प्रतिनिधि बनेका छन्। छनोट भएका बहुमत प्रतिनिधि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन्।
कालीकोट
कालीकोटमा जिल्ला अध्यक्ष तुलाराज मल्ल, पूर्व अध्यक्ष कुर्मराज शाही, निवर्तमान उपाध्यक्ष दयाराम सिम्खडा, प्रदेश सदस्य तपेन्द्रजंग शाही प्रतिनिधिमा छनोट भएका छन्। त्यस्तै ४० वर्ष मुनिको युवामा टेकबहादुर बोगटी प्रतिनिधि बन्दा महिलातर्फ सुभद्रा सिंह र जलसा बुढा, दलिततर्फ पुरुषमा ब्यासी तिरुवा, महिलातर्फ शोभा नेपाली चयन भएको नेकपा (एमाले) कालीकोटले जनाएको छ।
सल्यान
सल्यानमा जम्मा ८ जना प्रतिनिधि छनोट गरेको एमालेले खुलातर्फ भीमबहादुर सेन, ओजबहादुर बुढाथोकी, लालबहादुर रावत र घनश्याम शर्मा महाधिवेशन प्रतिनिधि बनाएको छ।
महिलातर्फ पुष्पाकुमारी बुढाथोकी र सनसिल्ला वली (डीसी) तथा युवातर्फ गणेशमान सिंह र दलिततर्फ भिउसेन नेपालीलाई प्रतिनिधि चयन गरेको एमालेले जनाएको छ।
रुकुमपश्चिम
रुकुम पश्चिमा एमालेले निर्वाचनबाट प्रतिनिधि छनोट गरेको छ। जसमा खुलातर्फ खुलातर्फ नन्दराम देवकोटा र दिनेश चन्द, महिलातर्फ कौशिला केसी र हिमकुमारी केसी, युवातर्फ प्रकाश खड्का र दलिततर्फ शशीराम नेपाली चयन भएका छन्।
जाजरकोट
जाजरकोटमा एमालेले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ। जसमा खुलातर्फ लाल बहादुर महतारा, करविर शाही, नगेन्न्द्र कुमार शाही, नारायण घर्ती, प्रेम बहादुर शाहीलाई प्रतिनिधि बनाएको छ। त्यस्तै महिलातर्फ तारा शाक्य, कुमारी थापा, सुनिता बोहरा र युवा एक जना विश्वविक्रम शाह चयन भएका छन्।
डोल्पा
डोल्पाबाट एमालेले सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट गरेको छ। जसमा खुलातर्फ खुलातर्फ शेर बहादुर बुढा, नन्द सिंह बुढा, विश्वचन्द्र डसाल, धावा सम्दुक गुरुंग महिलातर्फ जुनी बुढा र चन्द्रा कुमारी बुढा, दलिततर्फ गोपाल विक र युवातर्फ लंकबहादुर रोकायालाई प्रतिनिधि बनाएको एमालेले जनाएको छ।
जुम्ला
जुम्लाबाट एमालेले खुलातर्फ शान्तिलाल महत र देवीलाल थापा, महिलातर्फ शान्ता शाही, मेनका पछाई, दलिततर्फ रामबहादुर नेपाली र युवातर्फ धिरज जैसीलाई महाधिवेशन प्रतिनिधि बनाएको छ। जुम्लामा पनि एमालेले सबै प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको हो।
मुगु
मुगुमा पनि एमालेले सर्वसम्मत रुपमै महाधिवेशन प्रतिनिधि छनोट गरेको छ। जसमा खुलातर्फ जित बहादुर मल्ल, डिल्ली प्रसाद भट्ट,महिलातर्फ छिरिङ पुटी,कविता गिरी,दलिततर्फ दानसिंह परिवार र युवातर्फ जय बहादुर नेपालीलाई प्रतिनिधि बनाएको हो।
हुम्ला
अन्य जिल्लामा जस्तै हुम्लामा पनि एमालेले सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरेको छ। जस अनुसार खुलातर्फ ज्ञामी बुमी, लोक बहादुर हमाल, महिलातर्फ प्रतिमा लामा, विमला कुमारी शाही, दलिततर्फ पर्वत सुनार र युवा तर्फ तिर्थराज बोहरालाई महाधिवेशन प्रतिनिधि बनाएको छ।
दैलेख
दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा पनि एमालेले सबै महाधिवेशन प्रतिनिधि छनोट गरेको छ। समावेशीतर्फबाट पार्वती बिसुन्के, ससिराम विक, गमता विकलाई प्रतिनिधि बनाएको एमालेले क्षेत्र १ मा खुलातर्फ रबिन्द्रराज शार्मा, प्रेमबहादुर थापा, नैनसिंह खत्री, हिमालयजंग शाह, महिलातर्फ तप्ता थापा, खगिसरा विसी, लक्ष्मी कार्की, युवातर्फ जनकप्रसाद न्यौपानेलाई प्रतिनिधि बनाएको छ। यस्तै दैलेख क्षेत्र २ बाट खुलातर्फ सूर्यबहादुर शाही, रुद्रबहादुर शाही, धीरबहादुर शाही, तिलकप्रसाद रिजाललाई प्रतिनिधि बनाएको छ। त्यस्तै महिलातर्फ विष्णु थापा, कल्पनाकुमारी थापा, नन्दाकुमारी आचार्य युवातर्फ सुशीलकुमार थापालाई प्रतिनिधि बनाएको छ।
कर्णालीमा उपाध्यक्ष ईश्वर पोखरेल पक्षीय प्रतिनिधिहरू सीमित देखिएका छन्। प्रदेशबाट प्रतिनिधि छनोटमा अध्यक्ष ओली पक्षकै दबदबा छ।
ओली पक्षमा पनि दुई धार छन्। एउटा गुटको नेतृत्व कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गरेका छन् भने अर्काे गुटको नेतृत्व स्थायी कमिटी सदस्य गोरख बोगटीले गरेका छन्। कँडेल र बोगटीबिच कडा प्रतिस्पर्धा छ। ओली गुटमै पनि कँडेल पक्षले बोगटीको पक्षलाई पेलेर लगेको एमालेका नेताहरू बताउँछन्।
एमाले कर्णाली प्रदेश कमिटीका उपसचिव पद्मा खड्काले प्रदेशका सबै जिल्लामा प्रतिनिधि छनोट सकिएको जानकारी दिइन्। उनका अनुसार कर्णालीमा प्रतिनिधि छनोट गर्दा रुकुमपश्चिममा निर्वाचन भयो भने त्यस बाहेकका बाकी ९ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भएका हुन्।













प्रतिक्रिया