महाधिवेशन सौहार्दपूर्ण सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ: देउवा « Khabarhub

महाधिवेशन सौहार्दपूर्ण सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ: देउवा


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुसमा निर्धारण गरिएको १५ औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका छन्।

महाराजगञ्जस्थित भाडाको निवासमा बिहीबार भेटघाटका लागि पुगेका नियमित महाधिवेशन पक्षधर युवा नेताहरूसँग उनले २६–२८ पुसमा तोकिएको महाधिवेशन सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका हुन्।

सभापति देउवाले युवा नेताहरूलाई महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पनि जोड दिए।

भेटबारे युवा नेता सरोज थापाले भने, ‘सभापतिज्यूबाट १५ औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने र हामीलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न भन्नुभयो।’

सभापति देउवाले युवा नेताहरूलाई १५ औं महाधिवेशनमार्फत् पार्टीलाई एकत्रित र एकबद्ध बनाएर निर्वाचनमा होमिनसमेत निर्देशन दिए। उनले पार्टी नियमित महाधिवेशनमा अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असन्दर्भिक भएको बताए।

‘नियमित महाधिवेशनमा पार्टी अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असन्दर्भिक भएको र यस्ता आशंका र प्रचारबाजीलाई युवा÷विद्यार्थीले चिर्दै अघि बढ्नुपर्छ भन्नुभयो,’ नेता थापाले भने।
भेटमा सहभागी नेताहरूले सभापति देउवासँग निर्धारित समयमा नियमित महाधिवेशन गर्न, वडादेखि केन्द्रसम्म पार्टीको पुनर्गठन, पुस्तान्तरण र रुपान्तरणको प्रक्रिया अघि वढाउन र महाधिवेशनमा युवाको उल्लेखनीय उपस्थिति गराउन युवा, विद्यार्थीहरूको भूमिकाबारेमा सभापति देउवाको ध्यानाकर्षण गराएका थिए।

प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनमा स्वच्छ छवि भएका, आर्थिक पारदर्शिता हासिल गरेका युवा र नवयुवालाई नयाँ अनुहारका रूपमा निर्वाचनमा अघि सार्न माग गरिएको थापाले जानकारी दिए।

देउवासँगको छलफलमा कांग्रेस बागलुङका सभापति जीत शेरचन, नेविसंघका पूर्वउपाध्यक्ष पुष्प शाही, पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वकेन्द्रीय सदस्य थलकुमार लिङ्गा, केन्द्रीय सदस्यहरू मनिषजंग थापा, गीता गुरूङ, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू तीर्थ गौतम, इन्दु शर्मा, किसान नेता अन्जान लामालगायत नियमित महाधिवेशन पक्षधर युवा सहभागी थिए।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ९ : ३० बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य