राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं « Khabarhub

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दू धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका छन्।

आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरू राखेको उल्लेख गर्दै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका हुन्। उनले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए।

नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरुका मागप्रति सकारात्मक रहेको बताए।

आफूहरुका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको उनको भनाई थियो। यदी सरकारले आफूहरुका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिए।

प्रसाईंले भने, ‘हामीले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दू धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जाऔँ भनेका छौँ। ल तपाईंहरु लडाईं चाहनु हुँदैन भने जनमत संग्रहमा जाऔँ। हामीले नेपाल जोगाइराख्ने बाटो बनाइदिउँ। मेरा माग नेपाल बेच्ने माग छैनन्, नेपालीहरुको माग छ। नेपाल टुक्राउँ भन्ने माग छैन। गृहमन्त्री पोजेटिभ हुनुहुन्छ। म सरकारले माग पूरा गर्नेमा ६० प्रतिशत विश्वस्त छु। माग पूरा नभए आन्दोलन छँदैछ नि। चित्त नबुझ्नेले आन्दोलन गर्ने हो। यी माग पूरा भएनन् र चित्त बुझेन भने त आन्दोलन गर्छौं।’

अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेन–जीलाई टेकेर बनेको सरकारले जेन–जीहरूलाई नै थुनिरहेको उल्लेख गर्दै सरकार उल्टो बाटोमा रहेको दाबी गरे। जेन–जी विद्रोहीलाई थुन्न नहुने उनको भनाइ छ।

उनले थपे, ‘उहाँहरुले भ्रष्टाचारीलाई पनि कारबाही गर्न सक्नुभएन। जुन जेनजीलाई टेकेर सरकारमा जानुभयो आखिर त्यही जेन जीलाई थुनेको छ। उहाँहरु उल्टो बाटोमा हिँड्नुभएको छ। जेन–जी विद्रोहीलाई थुन्नुभएन।’

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ९ : ४२ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता