कार्यकालको अन्तिममा इजरायलमा थप हतियार पठाउने बाइडेनको योजना « Khabarhub

कार्यकालको अन्तिममा इजरायलमा थप हतियार पठाउने बाइडेनको योजना


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी विदेश मन्त्रालयले काँग्रेसलाई ८ अर्ब अमेरिकी डलर बराबरको सैन्य सामग्री इजरायललाई बिक्री गर्ने बारे जानकारी गराएको छ।

मिसाइल सेल र अन्य युद्ध सामग्री बिक्री गर्नका लागि संसद्को समर्थन आवश्यक छ। बाइडेनले राष्ट्रपति कार्यालय छाड्ने दुई साता अघि यो योजना बनाएका हुन्।

अगस्ट महिनामा मात्र अमेरिकी संसदमा २० अर्ब बराबरकारे सैन्य सामग्री बिक्रीको प्रस्ताव पास भएको थियो।

अहिले हवाई मिसाइललगायत सामग्री वितरणको योजना बनाइएको छ।

इजरायलसँग आफ्नो भूमि र नागरिकको रक्षा गर्ने अधिकार भएको जिकिर गर्दै राष्ट्रपति जो बाइडेनले निरन्तर सहयोगको योजना अघि बढाएका हुन्।

संसारकै सबै भन्दा परिष्कृत हतियार बनाउने गरेको अमेरिकाले इजरायलमा सबै भन्दा धेरै हतियार उपलब्ध गराउने गरेको छ।

सन् २०१९ देखि २०२३ को इजरायलमा कुल ६९ प्रतिशत सैन्य सामग्री अमेरिकाबाट पुगेको स्कटहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको अध्ययनले देखाएको छ।

सन् २०२४ को मे मा इजरायलले रफाहमा गरेको जमिन आक्रमणमा असहमति जनाउँदै हतियार पठाउन बन्द गरेको थियो।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : २८ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको