माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा र केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

शनिवार २ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।

आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन स्थायी कमिटी बस्न लागेको हो ।

यसैबीच दिउँसो १ बजे बस्ने केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : १७ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६