माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा र केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

शनिवार २ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।

आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन स्थायी कमिटी बस्न लागेको हो ।

यसैबीच दिउँसो १ बजे बस्ने केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : १७ बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत