इपीएलः आर्सनल बराबरीमा रोकियो « Khabarhub

इपीएलः आर्सनल बराबरीमा रोकियो


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हुँवा पेड्रोले गरेको पेनाल्टी गोलमा ब्रिङटनले आर्सनलसँगको खेलमा १-१ गोलको बराबरी गरेको छ। इपीएल अन्तर्गतको शनिबार भएको खेलको १६ औँ मिनेटमा एथन नुवारीको गोलमा आर्सनलले अग्रता लिएको थियो ।

दोस्रो प्रिमियर लिग खेल खेलिरहेका उनले माइकल मेरिनो डेक्लान राइससँगको समन्वयमा गोल गरेका हुन्।

खेलमा धेरै पकड आर्सनलले राखे पनि पेड्रोले एक घण्टा बितेपछि गरेको पेनाल्टी गोलका कारण आर्सनल जित हात पार्न असफल भयो।

यो खेलको नतिजाले आर्सनललाई शीर्ष स्थानमा रहेको आर्सनल भन्दा छ अङ्कले पछि राखेको छ। सो टोलीले दुई खेल बढी खेलेको छ।

इङ्लिस प्रिमियर सिपका अन्य खेलमा बोर्नमाउथले एभरटनलाई १-० ले तथा अस्टन भिल्लाले लिसेस्टर सिटीलाई २–१ ले हराएका छन्। ब्रेन्टफोर्डले साउथहामटनसँगको खेलमा ५-० को सफलता पाएको छ।

१८ खेल मात्र खेलेको लिभरपुलको ४५ तथा २० खेल खेलेको आर्सनलको ४० अङ्क छ। १९ खेल खेलेको फरेस्टको ३७ तथा २० खेल खेलेको चेल्सीको ३६ अङ्क छ।

२० खेल नै खेलेका न्यु क्याशलको ३५ तथा म्यानचेस्टर सिटीको ३४ अङ्क छ। यसैगरी बोर्नमाउथको ३३ तथा अस्टन भिल्लाको ३२ अङ्क छ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : २५ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा