रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आजको बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक, केन्द्रीय विभागको पुनः संरचना, आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधन गर्नेछ।

काठमाडौंमा हिजो सुरु भएको बैठकले आगामी माघ दुई गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पहिलो दिनको बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माणको चरणलाई समयमा पूरा गर्न राष्ट्रव्यापी अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा विभिन्न संरचना बनाउने र जिल्ला समितिको सहयोगका लागि कार्यदल गठन गर्नेबारे छलफल भएको छ ।

जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने माथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको छ ।

बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे जानकारी गराएका थिए। 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : ४८ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री