पाकिस्तानविरुद्ध अफ्रिकाको शानदार ब्याटिङ : एक दोहोरो र दुई शतकमा बन्यो ६१५ रन « Khabarhub

पाकिस्तानविरुद्ध अफ्रिकाको शानदार ब्याटिङ : एक दोहोरो र दुई शतकमा बन्यो ६१५ रन


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानसँगको दोस्रो टेस्टलाई पकडमा राखेको छ। शनिबार दोस्रो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले ६१५ रन जोडेको हो।

पाकिस्तानले ३ विकेट गुमाएर ६४ रन जोडेको छ। बाबर आजम ३१ तथा मोहम्मद रिजवान ९ रनमा अविजित छन्।

दक्षिण अफ्रिकाका कासिगो रबाडाले २ तथा मार्को जेन्सनले १ विकेट लिए। यसअघि घरेलु टोली दक्षिण अफ्रिकाका लागि रेन रिकेल्टनले दोहोरो शतक बनाए। ३४३ बलमा २९ चौका र तीन छक्काको मद्दतमा २५९ रन जोडेका हुन्। कप्तान तेम्भा बभुमाले १०६ तथा केल भेरियनले १०० रन जोडे। जेन्सनले ५४ बलमा ६२ तथा नवौँ क्रममा आएका केशव महाराजले ३५ बलमा ४० रन बनाए।

रेकिल्टेनले थुप्रै कीर्तिमान कायम गरे। उनको यो दोस्रो टेस्ट शतक हो। सन् २०१६ मा केप टाउनमै हसिम अमलापछि दोहोरो शतक प्रहार गर्ने उनी पहिलो दक्षिण अफ्रिकी ब्याट्सम्यान हुन्।

सन् २००६ मा स्टेफन फ्लेमिङले २६२ रन प्रहार गरेपछि सो मैदानमा सबै भन्दा धेरै रनको पारी खेल्ने उनी नै हुन्। भेरियनले योसहित एकै सिजनमा चार शतक प्रहार गरेर सबै भन्दा धेरै शतक प्रहार गर्ने दक्षिण अफ्रिकी विकेट किपरको कीर्तिमानसँग बराबरी गरेका छन्।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : १० बजे

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको