अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति « Khabarhub

अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा रहेको धर्म जनता माध्यमिक विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।

विद्यालयमा स्थानीय समाजसेवीको सहयोगमा सातवटा अक्षयकोष स्थापना गरिएका छन् । अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट विद्यालयका जेहन्दार, आर्थिक रूपमा विपन्न, खेलकुदका क्षेत्रमा अब्बल रहँदै आएका विद्यार्थीलाई छात्रवृत्तिस्वरुप रकम प्रदान गर्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ठगुन्नाले बताए ।

विद्यालयमा स्थापना गरिएका सातवटा अक्षयकोषमा गरी जम्मा सात लाख ३७ हजार दुई सय २५ रुपैयाँ रहेको छ । अक्षयकोषबाट चालु शैक्षिक सत्रमा १४ जना छात्रछात्रालाई छात्रवृत्तिको रकम प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा छात्र पाँच र छात्रा नौ जना रहेका छन् ।

अधिकतममा दुई हजार दुई सय ५० देखि न्यूनतम एक हजार चार सय ८० का दरले छात्रवृत्तिको रकम दिइएको छ । विद्यालयमा स्वर्गीय रणबहादुर स्मृति छात्रवृत्ति, स्वर्गीय पदमबहादुर स्मृति छात्रवृत्ति, गणेश विमला असहाय, प्रतिभावान छात्रवृत्ति, धर्म जनता स्वर्ण छात्रवृत्ति, चन्द्रा कार्की खेलकुद छात्रवृत्ति, प्रताप द्रोपती स्मृति छात्रवृत्ति, देवबहादुर सिंह/बिष्नादेवी सिंह गरिब जेहन्दार छात्रृत्ति अक्षयकोष स्थापना गरिएका छन् ।

छात्रवृत्ति अक्षयकोषमा एक लाख २५ हजारदेखि एक लाखसम्मको रकम राखिएको छ । कक्षा १ देखि १२ सम्म गरी विद्यालयमा ६ सय ४२ विद्यार्थी अध्ययनरत छन् ।

विसं २०२९ मा विद्यालय स्थापना भएको हो । विद्यालयमा २९ जना शिक्षक कार्यरत छन् । स्थापनादेखि हालसम्म विद्यालयबाट दुई हजार एक सय ५७ जना विद्यार्थीले १० कक्षाको परीक्षा दिएर बाहिरिएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : ४३ बजे

बडा दसैँको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट