अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति « Khabarhub

अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा रहेको धर्म जनता माध्यमिक विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।

विद्यालयमा स्थानीय समाजसेवीको सहयोगमा सातवटा अक्षयकोष स्थापना गरिएका छन् । अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट विद्यालयका जेहन्दार, आर्थिक रूपमा विपन्न, खेलकुदका क्षेत्रमा अब्बल रहँदै आएका विद्यार्थीलाई छात्रवृत्तिस्वरुप रकम प्रदान गर्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ठगुन्नाले बताए ।

विद्यालयमा स्थापना गरिएका सातवटा अक्षयकोषमा गरी जम्मा सात लाख ३७ हजार दुई सय २५ रुपैयाँ रहेको छ । अक्षयकोषबाट चालु शैक्षिक सत्रमा १४ जना छात्रछात्रालाई छात्रवृत्तिको रकम प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा छात्र पाँच र छात्रा नौ जना रहेका छन् ।

अधिकतममा दुई हजार दुई सय ५० देखि न्यूनतम एक हजार चार सय ८० का दरले छात्रवृत्तिको रकम दिइएको छ । विद्यालयमा स्वर्गीय रणबहादुर स्मृति छात्रवृत्ति, स्वर्गीय पदमबहादुर स्मृति छात्रवृत्ति, गणेश विमला असहाय, प्रतिभावान छात्रवृत्ति, धर्म जनता स्वर्ण छात्रवृत्ति, चन्द्रा कार्की खेलकुद छात्रवृत्ति, प्रताप द्रोपती स्मृति छात्रवृत्ति, देवबहादुर सिंह/बिष्नादेवी सिंह गरिब जेहन्दार छात्रृत्ति अक्षयकोष स्थापना गरिएका छन् ।

छात्रवृत्ति अक्षयकोषमा एक लाख २५ हजारदेखि एक लाखसम्मको रकम राखिएको छ । कक्षा १ देखि १२ सम्म गरी विद्यालयमा ६ सय ४२ विद्यार्थी अध्ययनरत छन् ।

विसं २०२९ मा विद्यालय स्थापना भएको हो । विद्यालयमा २९ जना शिक्षक कार्यरत छन् । स्थापनादेखि हालसम्म विद्यालयबाट दुई हजार एक सय ५७ जना विद्यार्थीले १० कक्षाको परीक्षा दिएर बाहिरिएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : ४३ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम