बाँकेको डुडुवालाई पर्यापर्यटन विकास गरिँदै « Khabarhub

बाँकेको डुडुवालाई पर्यापर्यटन विकास गरिँदै


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको डुडुवा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि रणनीतिक योजना तयार गरेको छ । गाउँपालिका अन्तर्गत विभिन्न स्थानमा पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न योजना बनाइएको छ ।

पालिकामा रहेका विभिन्न मठमन्दिर, मस्जिद, चर्चलगायत, वन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उजका अनुसार पर्यटकीय दृष्टिकोणले डुडुवालाई पहिचान गराउन पर्यटनसँग जोडेर विभिन्न परियोजना सञ्चालन गरिएको छ ।

डुडुवामा सबैभन्दा अग्लो एक सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अप शिवा) बनाउन सुरु गरिएको छ । डुडुवा गाउँपालिका–२ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरणअन्तर्गत बाउण्ड्री (वाल) निर्माण गर्न शिलान्यास गरिएको छ ।

अध्यक्ष चौधरीले डुडुवामा शिव प्रतिमा बनाउने वर्षौँदेखिको योजना बल्ल कार्यान्वयनमा आएको बताए । उनले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताए ।

करिब २७ बिघा जग्गामा बृहत्तर रूपमा पर्यटन क्षेत्रको दीर्घकालीन ‘प्रोजेक्ट’ सञ्चालन गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताए । वडा नम्बर २ मा पर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडाध्यक्ष दुर्गाप्रसाद बर्माले बताए । अध्यक्ष बर्माले भने, ‘यस वडामा धार्मिक हिसाबले मठमन्दिर, मस्जिद, झुलेङ्गे पुल, डुडुवा नाला, बगर क्षेत्र, सीमानाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिनेछ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ ।’

गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत एक करोड चार लाख ६१ हजार छ सय २१ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दीपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर सुरेन्द्रकुमार बर्माले बताए । उनका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म ‘बाउण्ड्री वाल’ निर्माणको काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ११ : २२ बजे

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा