एमाले केन्द्रीय कमिटी बैठक, ओलीको प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले बोल्न पाउने « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक, ओलीको प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले बोल्न पाउने


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ ।

१० महिनापछि बस्न लागेको यो बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।

एमाले केन्द्रीय कमिटी बैठक २०८० फागुनमा बसेयता बस्न सकेको थिएन । २०८१ असार ३० गते ओली प्रधानमन्त्री बनेयता यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।

ओलीले सरकार बनेयताको अवधि र नेपाली कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षात्मक प्रतिवेदन पेश गर्दै छन् ।

ओलीको प्रतिवेदनमाथि यस पटक हरेक केन्द्रीय सदस्यहरूलाई बेग्लाबेग्लै बोल्न दिइने भएको छ । बैठकका सहभागी हरेक सदस्यले ३ मिनेट बोल्न पाउने भएका छन् ।

ओलीको प्रतिवेदनमा गठबन्धन सरकार, सरकार बनेयताको ६ महिने उपलब्धि र आगामी दिनका कामबारे उल्लेख गरिएको प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले बताए ।

ओलीको राजनीतिक प्रतिवेदनमा पार्टीको संगठनात्मक जीवनलाई बलियो बनाउन सञ्चालन गरिने तीन महिने अभियानबारे पनि उल्लेख गरिएको उनले बताए ।

‘पार्टीका अध्यक्षले समसामयिक राजनीतिको सन्दर्भमा, बहुआयमिक पक्षबारे प्रतिवेदन पेश गर्दै हुनु हुन्छ । विकसित राजनीतिक घटनाक्रम, सरकार गठन, सरकारका काम र भावी योजना, पार्टीको संगठनात्मक अवस्था, संगठन विभागको राष्ट्रिय कार्यशालाकाबा निष्कर्ष र तीन महिने संगठन अभियानमा केन्द्रित भएर राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ,’ गौतमले भनेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : २२ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।