नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत « Khabarhub

नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई  प्रदान गरिएको हो । 

तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका डा रुइतलाई गुठीको ३२औँ वार्षिक साधारणसभा समारोहमा पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीलगायतले शनिबार दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित श्रीपति समाज सेवा पदक र ताम्रपत्रबाट पुरस्कृत गरेका हुन् । 

कार्यक्रममा डा. रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाज सेवाका लागि अभिप्रेरित गरेको बताए । 

यसैगरी सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको योगदानको कदरस्वरुप उनलाई नगद रु २२ हजार दुई सय २२ राशिसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।

देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले बताए । 

उनले भने, ‘मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा गर्नुभएको योगदानको कदर गर्दै डा. रुइतलाई पुरस्कृत गरेका हौँ ।’

पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजिवीसहितको ६ सदस्यीय समिति गठन गरिएको थियो। छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी गत असार २७ गते पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको थियो । 

यसअघि उक्त पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भवानी नमूना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ३१ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण