चिसो मौसममा सुन्निनबाट हातखुट्टा कसरी जोगाउने ? « Khabarhub

चिसो मौसममा सुन्निनबाट हातखुट्टा कसरी जोगाउने ?


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font


अहिले चिसो मौसमको मध्य समय चलिरहेको छ । यो मौसममा धेरै मानिसहरूमा हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया पोतो बढ्ने, हातखुट्टाहरू फुट्ने, चिलाउने, फुस्रो हुने लगायत विभिन्न समस्याहरू देखिने गर्दछन् । 

त्यसमध्ये हातखुट्टाहरू सुन्निने आम समस्या हो । जसलाई चिकित्सकीय भाषामा चिलब्लेन्स भनिन्छ । यो समस्या विशेष गरी बालबालिकामा धेरै देखिने गर्दछ । चिकित्सकहरूका अनुसार चिसोका कारण शरीरमा आवश्यक मात्रामा रक्त सञ्चार हुन नसक्दा हातखुट्टाका औँलाहरू सुन्निने गर्छ । पुरुषभन्दा महिलालाई धेरै हुने, मोटो मान्छेको तुलनामा दुब्लो मान्छेहरूलाई यसले चाँडो सताउँछ । 

धूम्रपान गर्नेहरूलाई यो समस्या धेरै देखिने गरेको छ । कसै कसैलाई भने यस्तो समस्या वंशाणुगत देखिने गरेको चिकित्सकको भनाई छ । विगत वर्षहरू जस्तै यस वर्षको जाडोमा पनि बालबालिकाहरू यस्तो समस्या लिएर आउने गरेका छाला रोग विशेषज्ञ डा. ईशा पौडेल बताउँछिन् । 

हिमाली भेगतिर बसोबास गर्ने व्यक्तिहरूमा यस्तो समस्या धेरै देखिने गरे पनि पुष माघको चिसोमा भने काठमाडौंमै पनि यस्तो समस्या लिएर बिरामीहरू आउने गरेका उनले बताइन् । बालबालिका, कलेज पढ्ने किशोर किशोरीहरू, घरमै धेरै समय पानी खेलाएर बस्ने महिलाहरू यस्तो समस्या लिएर आउने गरेका उनको भनाई छ । 

लक्षणहरू 
– शरीरको जुन भागमा चिसोको मात्र बढी हुन्छ । विशेष गरी खुला रहने भाग हात खुट्टाहरू चिलाउने, पोल्ने, सुन्निने, रातो हुने, बिस्तारै गाढा निलो हुने गर्दछ । 
– हातखुट्टा झमझम गर्ने, बिजाउने, दुख्ने गर्छ । 
– पानीको फोका जस्तो बिमिराहरू आउन थाल्छ । 
– त्यस्तो घाउ आउँदा समयमै स्याहार नगरे फुटेर घाउ बन्छ । 

उपचार 
सामान्य अवस्थामा त शरीरलाई तातो बनाएर घरमै राम्रो हेरचाह गरेर निको पार्न सकिन्छ । यदि समस्या धेरै भइसकेको छ भने चिकित्सकलाई नै देखाउनुपर्ने हुन्छ । जसको लागि खाने र लगाउने दुवै प्रकारको औषधीहरू प्रयोग गर्नुपर्ने हुनसक्छ । 
चिसो मौसममा रक्तनलीहरु साँघुरो भएर रक्त सञ्चारमा बाधा उत्पन्न भएर यस्तो समस्या देखा पर्ने भएकाले रक्तनलीहरुलाई ठूलो बनाउने औषधीहरू खानुपर्ने हुन्छ । साथै शरीरलाई तातो बनाइराख्न खानपान पनि त्यही अनुसारको झोलिलो पोषिलो खानेकुराहरू खान आवश्यक हुन्छ । 

कसरी बच्ने ?
यस्तो समस्याबाट बच्नका लागि सबैभन्दा पहिले त चिसोबाट जोगिनुर्‍यो । चिसोमा काम गर्नुपर्ने अवस्था आयो भने खुट्टामा मोजा, हातमा पञ्जा लगाउने, पानीमा काम गर्नुपर्ने अवस्था छ भने मनतातो पानीको प्रयोग गर्ने, बच्चाहरूलाई पनि बाहिर चिसोमा खेल्न पठाउँदा न्यानो बनाएर पन्जा, मोजा लगाएर पठाउने, विद्यालय पठाउँदा पनि पञ्जाहरु लगाइदिने गर्नुपर्दछ । 

चिसोबाट आउँदा या चिसो पानीमा काम गर्ने बित्तिकै तातोमा हातखुट्टाहरू सेकाउने कतिपयको बानी हुन्छ यो भनेको गलत हो । यसो गर्दा सुनिएको अंगले झन् दुःख दिनसक्छ । त्यसैले हातखुट्टा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त मानिन्छ । 
जसले रक्त सञ्चारमा बढाउन सहयोग पुर्‍याउँछ । यस्तै, मनतातो पानीमा हातखुट्टा डुबाउने, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ । 

कस्तो अवस्थामा अस्पताल जाने ?
आफूलाई काम गर्न नै धेरै असहज भइरहेको छ, चिलाउने, दुख्ने समस्या भइरहेको छ भने त चिकित्सकलाई देखाउनुपर्ने हुन्छ । 
तर भर्खरै सुरु भएको अलिअलि चिलाउने, पोल्ने जस्ता लक्षणहरू देखिरहेका छन् भने आफूलाई जतिसक्दो तातो बनाउने, गर्‍यो भने बिस्तारै निको हुँदै जान्छ । (छाला रोग विशेषज्ञ डा. ईशा पौडेलसँगको कुराकानीमा आधारित) 
 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ५२ बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी