अग्नि सापकोटा भन्छन्- अब माओवादी क्रमभंग गरेर नयाँ दिशातिर जान्छ | Khabarhub Khabarhub

अग्नि सापकोटा भन्छन्- अब माओवादी क्रमभंग गरेर नयाँ दिशातिर जान्छ

यस्ता छन् केन्द्रीय समिति बैठकका एजेन्डा र कार्यतालिका


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा एजेन्डा तय गरेको छ।

तीन दिनसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एजेन्डा तय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।

आइतबारदेखि नै सुरु हुने केन्द्रीय समिति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।

‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यतालिका छ’, सापकोटाले भने, ‘त्यसपछि सबै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । त्यससलगत्तै बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुने छ ।’

सापकोटाका अनुसार तीन दिनसम्म बसेको स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे लामो छलफल भएको थियो ।

‘हामी अहिले मालेमावादकै सिद्धानलाई हामीले अपनाएर जान्छौँ । नयाँ पुस्तामा नयाँ प्रवृत्तिको विकास भएको निष्कर्ष निकालेका छौँ । अब युवाहरूलाई प्रशिक्षित गर्ने काम हुन्छ’, उनले भने, ‘नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्ने गरी अब केन्द्रीय समितिमा छलफल हुन्छ ।’

सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादीलाई अब नयाँ राजनीतिक कार्यदिशासहित अघि बढाउनेबारे कुरा भएको सापकोटाले बताए ।

‘नयाँ राजनीतिक कार्यदिशासहित अहिलेको यथास्थितिबाट सिफ्ट हुने गरी माओवादी जान्छ । क्रमभंग गरेर नयाँ दिशातिर जाने गरी कुरा भएको छ’, उनले भने, ‘संगठनात्मक सिद्धान्तबारे छलफल भएको छ । केन्द्रीय समिति बैठकलाई व्यवस्थित बनाएर सञ्चालन गर्ने गरी छलफल गरेका छौँ ।’

युवाहरुलाई प्रशिक्षित गर्ने, संगठित गर्नेदेखि लिएर विज्ञान र प्रविधिलाई विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्ने कुरा स्थायी समितिका सबै सदस्यले उठाएको उनले बताए । नयाँ विचारको विकास, परिमार्जन र नयाँ राजनीतिक कार्यदिशासहित अहिलेको यथास्थितिलाई क्रमभंग गरेर नयाँ दिशातिर जाने भन्ने निष्कर्ष स्थायी समितिले निकालेको उनले बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ५१ बजे

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा