ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमार्फत् सुनाए सरकारका ६ महिने उपलब्धि | Khabarhub Khabarhub

ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमार्फत् सुनाए सरकारका ६ महिने उपलब्धि


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आइतबारदेखि सुरु आठौं बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली काग्रेस गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धन सरकारपछिका ६ महिनाबारे समीक्षा गरिएको छ।

त्यसैगरी राजनीतिक अस्थिरता, अराजकता, प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु प्रतिवेदनमा समेटिएका छन्।

ओलीले प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको निष्कर्ष निकालेका छन् ।

त्यसैगरी साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार भएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको जिकिर पनि ओलीले प्रतिवेदनमा गरेका छन् ।

प्रतिवेदनमा सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय दिन थालिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले १० महिनापछि बसेको केन्द्रीय कमिटी बैठकमा विकास निर्माणले गति लिएको कुरालाई पनि मुख्य उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् ।

त्यसैगरी बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी पनि गराइँदैछ ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक (८–९, वैशाख, २०८१) पछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णहरूको जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरूको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराए ।

उनले आइतबार र सोमबारसम्म बैठक सम्पन्न नभए मंगलबार पनि जारी रहन सक्ने बताएका छन् ।

बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी बनाइएको छ ।

त्यसैगरी केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : १५ बजे

अब ठेक्का रद्द भएपछिको काम पूर्वाधार कम्पनीलाई

काठमाडौं– सरकारले केही नेपाल ऐन, संशोधनमार्फत अब ठेक्का रद्द भएपछिको

प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशकबीच भेटवार्ता

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व संघ

छुट्टै केन्द्र बनाउन खोजेपछि विप्लवलाई फकाउँदै माओवादी, नारायणकाजीले गरे एक घण्टा संवाद

काठमाडौं- नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा अटो र मोबिलिटी प्रदर्शनी नाइमा-२०२५ बुधबारदेखि आइतबारसम्म आयोजना हुँदैछ ।

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं – मुलुकभर परेको वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात