धुम्बाराहीको पार्टी प्यालेसमा माओवादी बैठक (तस्बिरहरू) « Khabarhub

धुम्बाराहीको पार्टी प्यालेसमा माओवादी बैठक (तस्बिरहरू)


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक धुम्बाराहीमा सुरु हुँदैछ ।

तीन दिनसम्म पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले आइतबार एजेन्डा तय गरेपछि धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा केन्द्रीय समिति बैठक बसेको हो ।

केन्द्रीय समिति ति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि समसामयिक विषयमा ब्रिफिङ गर्ने भएका छन् ।

‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यतालिका छ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘त्यसपछि सबै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । त्यससलगत्तै बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुने छ ।’

सापकोटाका अनुसार तीन दिनसम्म बसेको स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे लामो छलफल भएको थियो ।

‘हामी अहिले मालेमावादकै सिद्धान्तलाई हामीले अपनाएर जान्छौँ । नयाँ पुस्तामा नयाँ प्रवृत्तिको विकास भएको निष्कर्ष निकालेका छौँ । अब युवाहरूलाई प्रशिक्षित गर्ने काम हुन्छ’, उनले भने, ‘नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्ने गरी अब केन्द्रीय समितिमा छलफल हुन्छ ।’

सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादीलाई अब नयाँ राजनीतिक कार्यदिशासहित अघि बढाउनेबारे कुरा भएको सापकोटाले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ३५ बजे

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ