पूर्वउपराष्ट्रपति पासाङलाई दिइयो माओवादी उपाध्यक्षको हैसियत « Khabarhub

पूर्वउपराष्ट्रपति पासाङलाई दिइयो माओवादी उपाध्यक्षको हैसियत


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा सुरु भएको छ ।

आइतबार सुरु बैठक सोमबारसम्म चल्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा छलफल हुने तालिका छ ।

यस बैठकमा दुई कार्यकाल उपराष्ट्रपतिको भूमिकामा रहेका नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् ।

उनलाई माओवादीले उपाध्यक्षको हैसियतमा फेरि इन्ट्री गराएको हो । ‘पासाड’लाई उपाध्यक्षको रुपमा आमन्त्रण गरेर मञ्चको अघिल्लो भागमा अध्यक्ष प्रचण्डसँगै राखिएको छ ।

मञ्चको अघिल्लो भागमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, पासाङ, पम्फा भुसाल र अग्नि सापकोटा बसेका छन् ।

पासाङ यसअघि बिहीबार पहिलो पटक माओवादीक स्थायी समितिमा भाग लिन पुगेका थिए । उपराष्ट्रपतिबाट विश्राम पाएपछि उनी माओवादीको राजनीतिमा सक्रिय हुँदै बैठकमा भाग लिन पुगेका थिए ।

आइतबारको बैठकमा अध्यक्ष दाहालले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

यो बैठकको सुरुमा दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दैछन् । त्यसपछि प्रदेश अध्यक्षहरूले बोलेर प्रतिवेदनमाथि छलफल थालिनेछ ।

केन्द्रीय समिति बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिकसहित १० प्रदेशका १ सय २५ जना गरी ८ सय १४ जना नेता-कार्यकर्ता सहभागी छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : २० बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को