पूर्वउपराष्ट्रपति पासाङलाई दिइयो माओवादी उपाध्यक्षको हैसियत « Khabarhub

पूर्वउपराष्ट्रपति पासाङलाई दिइयो माओवादी उपाध्यक्षको हैसियत


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा सुरु भएको छ ।

आइतबार सुरु बैठक सोमबारसम्म चल्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा छलफल हुने तालिका छ ।

यस बैठकमा दुई कार्यकाल उपराष्ट्रपतिको भूमिकामा रहेका नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् ।

उनलाई माओवादीले उपाध्यक्षको हैसियतमा फेरि इन्ट्री गराएको हो । ‘पासाड’लाई उपाध्यक्षको रुपमा आमन्त्रण गरेर मञ्चको अघिल्लो भागमा अध्यक्ष प्रचण्डसँगै राखिएको छ ।

मञ्चको अघिल्लो भागमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, पासाङ, पम्फा भुसाल र अग्नि सापकोटा बसेका छन् ।

पासाङ यसअघि बिहीबार पहिलो पटक माओवादीक स्थायी समितिमा भाग लिन पुगेका थिए । उपराष्ट्रपतिबाट विश्राम पाएपछि उनी माओवादीको राजनीतिमा सक्रिय हुँदै बैठकमा भाग लिन पुगेका थिए ।

आइतबारको बैठकमा अध्यक्ष दाहालले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

यो बैठकको सुरुमा दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दैछन् । त्यसपछि प्रदेश अध्यक्षहरूले बोलेर प्रतिवेदनमाथि छलफल थालिनेछ ।

केन्द्रीय समिति बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिकसहित १० प्रदेशका १ सय २५ जना गरी ८ सय १४ जना नेता-कार्यकर्ता सहभागी छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : २० बजे

गगनले विशेष महाधिवेशनको प्रस्ताव गर्दा देउवाले भने- पार्टी फुट्छ

काठमाडौँ- नेपाली कांग्रेसभित्रको विवाद समाधान उन्मुख देखिएको छैन। बिहीबार साँझ

गायिका सुनिता दुलालले गरिन इङ्गेजमेन्ट

काठमाडौं – लोकप्रिय गायिका सुनिता दुलालले लामो समयदेखिको प्रेम सम्बन्धलाई

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा – मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ

शङ्कर पोखरेल भन्छन्ः सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सामाजिक