ओलीको निष्कर्ष : पूर्व राजावादीसँग प्रचण्डको उठबस, कोशीमा ‘उग्र जातिवादी’ उचाले « Khabarhub

ओलीको निष्कर्ष : पूर्व राजावादीसँग प्रचण्डको उठबस, कोशीमा ‘उग्र जातिवादी’ उचाले


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दुई गम्भीर आरोप लगाएका छन् ।

आइतबारदेखि जारी केन्द्रीय कमिटीको आठौं बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्ड र पूर्वराजावादीबीच उठबस चलिरहेको आरोप लगाएका हुन् ।

प्रतिवेदनमा ओलीले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूसँग बाक्लो उठबस गरिरहेको उल्लेख गरेका छन् ।

‘ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउन उद्दत देखिएको छ’, उनले भनेका छन्, ‘पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ ।’

‘सरकारमा रहँदा आफैले कार्बाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको छ’, उनले भनेका छन्, ‘प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिए । यी घटनाक्रम माओवादीमा गहिरिँदै गरेको वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति हुन् ।’

सरकारमा रहँदा देश आर्थिक रुपमा अघि बढिसकेको बताएका प्रचण्डले हट्नेबित्तिकै नेपाल बंगलादेश बन्न लागेको भनेर अभिव्यक्ति दिएको ओलीले बताएका छन् ।

‘असार ३० साँझसम्म ‘देश समृद्ध बन्दै गरेको’, ‘अर्थतन्त्र लयमा फर्किएको’ र ‘निराशाको मात्रै कुरा गर्न नहुने’ भाषण गरिरहेका ‘प्रचण्ड’बाट सरकारबाट हटेको दुई साता नबित्दै संसदको रोष्ट्रमबाट नेपाल ‘बंलादेश’ जस्तै बन्ने अभिव्यक्ति आयो’, ओलीले प्रतिवेदनमा भनेका छन्, ‘यो अत्यन्त गैरजिम्मेवार, गैर-कूटनीतिक र अशोभनीय टिप्पणी मात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमूना पनि थियो।’

माओवादीले आफ्नै प्रदेशसभा सदस्यहरूको सहभागितामा नामाकरण गरिएको ‘कोशी’विरुद्ध उग्र जातीय समूहहरूसँग मोर्चाबन्दी गरिरहको पनि ओलीले बताएका छन् ।

‘आज माओवादी केन्द्र आफ्नै प्रदेशसभा सदस्यहरूको सहभागितामा नामाकरण गरिएको ‘कोशी’विरुद्ध उग्र जातीयतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ’, ओलीको प्रतिवेदनमा उल्लेख छ, ‘ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुयाउन उद्दत देखिएको छ ।’

ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्ति आतंकित भएको बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : ५२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४