ओलीको प्रतिवेदन भन्छ- गणतन्त्रले अपेक्षित उपलब्धि दिन सकेको छैन « Khabarhub

ओलीको प्रतिवेदन भन्छ- गणतन्त्रले अपेक्षित उपलब्धि दिन सकेको छैन

पूर्वराजावादीहरूले अराजकता बढाउन थालेको निष्कर्ष


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देशमा राजावादीहरूको सक्रियता बढ्दै गएको बताएका छन् ।

आइतबारदेखि सुरु केन्द्रीय कमिटीको आठौं बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय पूर्वराजावादीहरूले अराजकता बढाउँदै लगेको बताएका हुन् ।

‘पछिल्लो समय पूर्व राजावादी समूह या व्यक्तिहरू पनि अराजकतालाई बढावा दिन सक्रिय छन् । २४० वर्षे शाहवंशीय शासनकाल अवधिमा मुलुकले ब्यहोर्नु परेको दुर्दशा र लोकतन्त्र खोसिएको पीडादायी इतिहासमाथि पर्दा हाल्दै यतिबेला उनीहरू १६ वर्षअगाडि मात्रै स्थापित नवोदित गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्दत देखिन्छन्’, उनले भनेका छन् ।

ओलीले भिन्नभिन्न बाटोमा हिँडिरहेका अराजकता र अस्थिरताका संवाहकहरूलाई एक ठाउँमा उभ्याउने र अराजकताको ‘परीक्षण गर्न’ विभिन्न शक्तिकेन्द्र प्रयत्नशील रहेका जिकिर गरेका छन् ।

तर त्यही प्रतिवेदनमा ओलीले नेपालले हासिल गरेको युगान्तकारी राजनीतिक परिवर्तन, त्यसले जन्माएका सपना र कार्यसम्पादन, ‘डेलिभरी’ र कतिपय कार्यशैलीबीचमा अन्तरविरोध देखा परेको भने स्वीकारेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रले जगाएको समृद्धिको सपना, नेपालको संविधानले कोरेको सुशासनको आकाङ्क्षा र नेकपा एकीकरण हुँदा जागेको राजनीतिक स्थायित्वको अपेक्षा त्यसपछि सहज ढङ्गले अगाडि बढ्न पाएको छैन’, उनले प्रतिवेदनमा भनेका छन्, ‘२००७ सालदेखि नै सुरु राजनीतिक अस्थिरताको चक्रव्यूहबाट मुलुक आज पनि बाहिर आउन पाएको छैन। यसका केही आन्तरिक कारण छन्, केही भूराजनीतिक कारण छन् । जुनसुकै कारणले भए पनि अस्थिरताको मूल्य हाम्रो सन्दर्भमा निकै महंगो परिरहेको छ ।’

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : ०३ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम