ओलीको प्रतिवेदन भन्छ- गणतन्त्रले अपेक्षित उपलब्धि दिन सकेको छैन « Khabarhub

ओलीको प्रतिवेदन भन्छ- गणतन्त्रले अपेक्षित उपलब्धि दिन सकेको छैन

पूर्वराजावादीहरूले अराजकता बढाउन थालेको निष्कर्ष


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देशमा राजावादीहरूको सक्रियता बढ्दै गएको बताएका छन् ।

आइतबारदेखि सुरु केन्द्रीय कमिटीको आठौं बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय पूर्वराजावादीहरूले अराजकता बढाउँदै लगेको बताएका हुन् ।

‘पछिल्लो समय पूर्व राजावादी समूह या व्यक्तिहरू पनि अराजकतालाई बढावा दिन सक्रिय छन् । २४० वर्षे शाहवंशीय शासनकाल अवधिमा मुलुकले ब्यहोर्नु परेको दुर्दशा र लोकतन्त्र खोसिएको पीडादायी इतिहासमाथि पर्दा हाल्दै यतिबेला उनीहरू १६ वर्षअगाडि मात्रै स्थापित नवोदित गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्दत देखिन्छन्’, उनले भनेका छन् ।

ओलीले भिन्नभिन्न बाटोमा हिँडिरहेका अराजकता र अस्थिरताका संवाहकहरूलाई एक ठाउँमा उभ्याउने र अराजकताको ‘परीक्षण गर्न’ विभिन्न शक्तिकेन्द्र प्रयत्नशील रहेका जिकिर गरेका छन् ।

तर त्यही प्रतिवेदनमा ओलीले नेपालले हासिल गरेको युगान्तकारी राजनीतिक परिवर्तन, त्यसले जन्माएका सपना र कार्यसम्पादन, ‘डेलिभरी’ र कतिपय कार्यशैलीबीचमा अन्तरविरोध देखा परेको भने स्वीकारेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रले जगाएको समृद्धिको सपना, नेपालको संविधानले कोरेको सुशासनको आकाङ्क्षा र नेकपा एकीकरण हुँदा जागेको राजनीतिक स्थायित्वको अपेक्षा त्यसपछि सहज ढङ्गले अगाडि बढ्न पाएको छैन’, उनले प्रतिवेदनमा भनेका छन्, ‘२००७ सालदेखि नै सुरु राजनीतिक अस्थिरताको चक्रव्यूहबाट मुलुक आज पनि बाहिर आउन पाएको छैन। यसका केही आन्तरिक कारण छन्, केही भूराजनीतिक कारण छन् । जुनसुकै कारणले भए पनि अस्थिरताको मूल्य हाम्रो सन्दर्भमा निकै महंगो परिरहेको छ ।’

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : ०३ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान