क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्छ : गृहमन्त्री | Khabarhub Khabarhub

क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्छ : गृहमन्त्री


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन्  । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्ने बताएका हुन् ।

‘डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्याङ्कन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनः निर्माणको अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ’, उनले भने ।

विपद् क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनः निर्माणका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज पारित गरेका छौँ । आगामी माघ तेस्रो साताबाट जाजरकोट भूकम्पको विपद् क्षतिको मूल्याङ्कन सुरु हुनेछ’, उनले भने ।

उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ । गृहमन्त्री लेखकका अनुसार आज साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दै छ । आजको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनः निर्माणको कामले तीव्रता पाउने मन्त्री लेखकको भनाइ छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : २४ बजे

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं – विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो

सचिनमा देखिएको दुर्लभ रोग अरु बालबालिकामा दोहोरिएला ?

बाल कलाकार सचिन परियारको १३ वर्षको उमेरमा निधन भयो। टिचिङ

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई

मौसम पूर्वानुमान : तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा

काठमाडौं – मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु