बाग्दुला-मच्छि १३ किलोमिटर सडक यसैपालि कालोपत्रे सुरु गर्छौँ : मन्त्री राणा « Khabarhub

बाग्दुला-मच्छि १३ किलोमिटर सडक यसैपालि कालोपत्रे सुरु गर्छौँ : मन्त्री राणा


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

प्युठान– नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशको सरकारमा नेतृत्व गर्दै शहरी विकास तथा खानेपानी मन्त्री सराेज थापा (राेज राणा) सहितको टिमले प्युठानकाे सबैभन्दा पुरानो भएर पनि कहिले कसैको नजर नपुगेको बाग्दुला मच्छि १३ किलोमिटर सडक पदयात्रा गर्दै यो सडक जसरी पनि कालाेपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पदयात्रामा प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा, झिमरुक गाउँ पालिकाका उपाध्यक्ष प्रमाेद पोख्रेल, दुवै पालिकाका जनप्रतिनिधिहरू, सडक पूर्वाधार, सहरी विकास तथा डिभिजन खानेपानी कार्यालयका प्रमुखहरू, विभिन्त्र राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागिता थियो । 

पदयात्रा पछि झिमरुक गाउँपालिकाकाे सभाहलमा सर्वदलीय/सर्वपक्षीय बैठक बसि विकास आवश्यकता, जनताको गुनासो, कार्यालय प्रमुखहरू र सहरी विकास मन्त्रीले जवाफ तथा प्रतिबद्धता व्यक्त गरेका थिए ।

झन्डै ५० वर्ष अगाडि ट्र्याक खोलिएको र बर्सेनि लाखौँ रुपैयाँ मर्मत सम्भारका लागि खर्च गरिए पनि अहिलेसम्म पक्की नाली सम्म बन्न नसकेको यो सडकको १३ किलोमिटर सडक निर्माण अभियान यसै वर्षबाट जसरी पनि सुरु गर्ने र आफ्नो यही कार्यकालमै सम्पन्न गर्ने उनले जानकारी गराए । 

‘अहिलेसम्म कसैले गरेन भनेर अब पनि बन्दैन भन्ने नसोच्नुहोला, यो पाली यसैपालि जसरी पनि यो १३ किलोमिटर सडक लुम्बिनी प्रदेश सरकारले गर्ने छ’- मन्त्री थापाले मञ्चबाट प्रतिबद्धता व्यक्त गरे ।

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेलकाे अध्यक्षतामा मन्त्री द्वारा जनगुनासो सुन्ने कार्यक्रमको आयोजना गरिएको थियो । 

यसरी मन्त्री घरदैलोमा पुगेर गुनासो सुन्ने र आवश्यकता पहिचान गर्ने अभ्यास अत्यन्तै नयाँ र जनतालाई उत्साहित गर्ने खालको भएको नेपाली कांग्रेस प्युठानका पूर्व सभापति सुवास केसीले बताए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : ४७ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको