मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक : प्रदेश प्रमुख भट्ट « Khabarhub

मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक : प्रदेश प्रमुख भट्ट


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन् । 

कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एसियामा आधुनिक दासत्व र मानव ओसारपसारकाविरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को आज पोखरामा उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवताविरुद्धको विश्वव्यापी समस्या र नयाँ चुनौतीका रूपमा देखा परेको बताए ।

मानव बेचबिखन तथा ओसारपसारको समस्यामा बालिका र महिला बढी जोखिममा रहेका उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यसलाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रले सूचनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई सुसूचित गराउनुपर्नेमा जोड दिए ।  

मानव बेचबिखन तथा ओसारपसारका कारण पीडित र प्रभावितलाई सम्मानपूर्ण जीवनयापन गर्न उपयुक्त वातावरण सिर्जना गर्न सरकार, नागरिक समाज र सबै सरोकार भएका निकायबीच हातेमालो गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टले बताए । 

सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै बालबालिका तथा लैङ्गिक समानतासम्बन्धी नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने प्रदेश प्रमुख भट्टले बताए। 

सम्मेलनमा छिमेकी राष्ट्र भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत विभिन्न मुलुकमा सामाजिक तथा बालबालिकाका क्षेत्रमा कार्यरत अभियानकर्मीको सहभागिता छ । 

नेपालमा विसं १९८१ मा दासत्व उन्मुलन, विसं २०५८ मा कमैया श्रम निषेध ऐनमार्फत सबै प्रकारका दास प्रथाको अन्त्य र विसं २०६३ मा हलिया प्रथा अन्त्य र हरूवा चरूवा समुदायको मुक्ति घोषणा गरिएको थियो । 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ३५ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको